शेयर बजार घट्नुपर्ने कारण छ र ?

शेयर बजारमा मूल्य घट्नु भन्दा पनि लगानीकर्ताको मनोबल घट्नु ठूलो समस्या हो । खासगरी अहिलेको अवस्था त्यस्तै हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकार बनेयताको सुरुवाती कदम र कार्यशैलीले आवरणमा शेयर बजारमा त्रासत्री छरेको देखिन्थ्यो । तर समयक्रममा घटित घटनाहरु, अर्थतन्त्रमा देखिएका समस्या, गतिहिनता, थुप्रिएका जनअपेक्षा र सरकारको पनि बढ्दो परिपक्कता एवं अनुभवले बजारमैत्री माहौल सिर्जना दबाब पुग्यो । फलत सरकारले यसबीच शेयर बजारका लागि थुप्रै नीतिगत सुधारको प्रयास गर्यो । यसबीच ब्यवसायीको मनोवल बढाउने, शेयर लगानीकर्ताको मनोवल बढाउने गरि नीतिगत सुधारहरु भएका छन् । शेयर बजारमा सुचकिृत धेरैजसो बाणिज्य तथा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनीहरु, म्युचुअल फण्डहरु, कतिपय उर्जा कम्पनीहरुले पनि केही न केही लाभासं बाड्न सफल रहे । त्यसमा सरकारले गरेको नीतिगत सुधारको प्रभाव रह्यो । खासगरी शेयरको मूल्य घट्दा लगानीकर्ताले सम्पत्ति गुमाउँछन्, तर विश्वास घट्दा बजारमा पैसा भएर पनि कारोबार हुँदैन । अवसर देखिएर पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्छन ्। नेपालको शेयर बजारले पछिल्ला केही महिना यही मनोविज्ञान भोगेको छ । २०७८ भदौमा नेप्से परिसूचक ३ हजार १९८ विन्दुको ऐतिहासिक उचाइमा पुगेपछि सुरु भएको गिरावटले लगानीकर्तालाई लामो समयसम्म निराश बनायो । त्यतिबेला उच्च ब्याजदर (कर्जाको ब्याजदर १२ प्रतिशत बढी), तरलता अभाव, नीतिगत अन्योल र कमजोर मनोबल बजारका प्रमुख चुनौती बने । जेनजी आन्दोलन पछि भएको निर्वाचनको म्यान्डेट अनुसार नयाँ सरकार गठन हुँदा भने बजारमा फेरि आशा पलाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बालेन्द्र शाह सरकार बनेपछि राजनीतिक स्थिरता, आर्थिक सुधार र लगानीमैत्री नीतिको अपेक्षा गरिएको थियो । तर सरकार गठन हुनु अघि ३ सक्र्रिट बे्रक हानेको बजारले नयाँ सरकार बनेर काम सुरु गर्दैगर्दा अचाक्ली घट्न सुरु गर्यो । खासगरी सरकारले विचौलिया, माफिया तथा भष्ट्रहरुलाई कार्वाहीको डण्डा चलाउने भएपछि बजार त्रस्त बन्यो । केही पात्रहरु शेयर बजारमा त्यस्तै पनि थिए । जो सोझासिधा लगानीकर्ताहरुका लागि घातक थिए । तिनलाई सरकारले कार्वाही गरेर बजारलाई सफा गर्ने प्रयास यसबीच गर्यो । र, अहिले त्यो बेला होस् उडेको शेयर बजारको मनोबल फर्काउने अनेक प्रयासमा सरकार लागिरहेको छ । वास्तम्बमा शेयर बजार अलिअलि डा बाबुराम भटराइले भन्याजस्तै पनि हो । यो एउटा उन्मुक्त पुँजीवादको औजार समेत हो । करिव २१ प्रतिशत निरपेक्ष गरिवी रहेको, १७ जिल्लाका लाखां लाखै जनता अझै खान लगाउन नपाएर मौसमी भोकमरी झेलिरहेको देशमा मुद्राको कारोवारको व्यवसायिक रोदनलाई सरकारको प्रमुख प्राथमिकताको विषय नहुनु स्वभाविक हो । तरपनि देशमा उदारीकरण, नीजिकरण, विश्वव्यापिकरण लगायत पुँजीवादी ब्यवस्थाका महत्वपुर्ण औजार लागु छन् । विकास र सम्बृद्धि, उन्नतीको लागि पुँजीवाद आवश्यक नै छ । सन्तुलन विगारेर गरिने नीतिगत छाडापन, सामाजिक न्याय वेगरको राज्य ब्यवस्था कत्ति पनि उचित छैन । त्यसकारण चरम पुँजीवाद, नवउदारवाद हैनकि सन्तुलन सहितको, समाजिक न्यायसहित पुँजीवाद आजको आवश्यकता हो । त्यहाँ शेयर बजार पनि हुन्छ । र, त्यो बजारमा राष्ट्रिय पुँजीपती बर्गको पक्कड हुनुपर्छ । सोझासिधा लगानीकताहरुले पनि मौलाउने मौका पाउनु पर्छ । त्यसकारण बालेन सरकारले आफनो सुरुवाती दिनहरुमा दलाल, माफिया टाइपका ठगहरुलाई सफा गर्ने प्रयास गर्यो । त्यसलाई कसरी नराम्रो भन्ने र ? तर, अब भने सरकार बजारलाई उत्साहप्रद र लगानीको असली पेल्टफर्म बनाउन लागिपर्नुपर्छ । सुरुवाती ६ महिनामा बजारले अपेक्षित गति लिन नसके पनि सरकारले पुँजी बजार सुधारका लागि अघि सारेका कदमले नयाँ आशा छरेको छ ्। अब प्रश्न बजार किन घट्यो भन्ने मात्र होइन, सुधारका लागि अघि सारिएका नीतिले आगामी दिनमा कस्तो परिणाम दिन सक्छन् भन्ने पनि हो ।सुधारको संकेत, सम्भावनाको ढोकासरकारले पुँजी बजारलाई चलायमान बनाउने उद्देश्यसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । यसमा प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रियालाई सहज बनाउने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्ने, नयाँ सूचकांक विकास गर्ने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तथा मार्जिन कारोबार लगायतका उपकरणका लागि कानुनी आधार तयार गर्ने विषय समेटिएका छन् । पुँजीगत लाभकरमा (१० प्रतिशतबाट ५ प्रतिशत) कटौती र लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन गर्ने प्रयासले पनि बजार क्रमश सकारात्मक अपेक्षा सिर्जना गर्न सक्छ । सो कार्ययोजना सार्वजनिक भएपछि नेप्से एकैदिन ४८.५७ अंकले बढेको र कारोबार रकम ८ अर्ब २९ करोड रुपैयाँ पुगेको विवरणले नीतिगत संकेतले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्न सक्ने देखाएको थियो । यद्यपी यी सबै सुधार कार्यान्वयन भइसकेका होइनन् । तर बजारको संरचना सुधार्ने, लगानीका नयाँ उपकरण भित्र्याउने र लगानीकर्ताको सहभागिता विस्तार गर्ने योजना अघि बढ्नु आफैँमा महत्त्वपूर्ण संकेत हो । अब यसको सफलता घोषणामा होइन, कार्यान्वयनमा मापन हुनेछ । अर्थतन्त्र र शेयर बजारशेयर बजार अर्थतन्त्रबाट अलग छैन । यो अर्थतन्त्रको ऐना नै हो । बैंकको ब्याजदर, कर्जा प्रवाह, निजी क्षेत्रको लगानी, उपभोग र कम्पनीहरूको नाफाले बजारको दिशा प्रभावित गर्छन् । ब्याजदर तुलनात्मक रूपमा न्यून रहँदा वैकल्पिक लगानीको खोजी बढ्न सक्छ । अहिले वित्तीय प्रणालीमा करिव १५ खर्ब बढी रकम लगानीका लागि उपलब्ध रहेको त्थ्याकं छ । ती स्रोत उत्पादन, व्यापार, पर्यटन, ऊर्जा र पूर्वाधारमा परिचालित भए आर्थिक गतिविधि विस्तार हुनसक्छ ।आर्थिक गतिविधि बढ्नु भनेको कम्पनीहरूको कारोबार र आम्दानी बढ्ने सम्भावना पनि हो । अहिले चाडबाडको मौसम छ । दशैं तिहार, छठ जस्ता पर्वहरुमा नेपालमा १५ खर्ब हाराहारी व्यवसायिक कारोबार हुने विश्लेषण छन् । धेरैजसो उपभोगमा खर्च हुने कारण आन्तरिक भन्दा बाह्य आयातबाट आउने वस्तु तथा सेवाको उपभोग यी पर्वमा बढ्छन् । जे होस् दशैं तिहारले बजार चलायमान हुने, अर्थतन्त्रको चक्रलाई बलिायो बनाउने, पैसाको गतिशिलता बढने कारण अर्थतन्त्र केही न केही चलायमान हुन्छ । त्यसरी बजार चलायमान हुँदा शेयर बजारमा त्यसले सकारात्मक प्रभाव पार्दछ । त्यसमाथी नेपाली प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजैबाट सुरु हुँदैछ । यस प्रतियोगिताले डेढ अर्ब आर्थिक कारोबार हुने अनुमान गरिएका छन् । चाडवाडको मौसममा हुने यस्ता चर्चित खेल प्रतियोगिताले उपभोक्ता बजार थप चलायमान बनाउनेमा दुइमत छैन । तिहार, छठ, नेपाल संवत जस्ता महान चाड आँउदैछ । त्यसले झन् बजार चलायमान बनाउनेछ । त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव शेयरमा रहने सम्भावना छन् ।१० लाखको कारोबारमा डराउनुपर्ने किन? सम्पत्ति सुद्धिकण सम्बन्धी संशोधित पछिल्ला निर्देशिकालाई लिएर बजारमा केही अफवाह प्रचार गरिएका छन् । तर वास्तम्बमा एकै दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको सेयर कारोबार हुँदैमा त्यसलाई अवैध वा शंकास्पद मान्न सकिदैन । नविल बैंकका सिइओ मनोज ज्ञावली सहित कतिपय वित्त विश्लेषक र नेस्सेसँग सरोकारवालाले पनि त्यस्तै तर्क गरेका छन ्। तोकिएको सीमाभन्दा बढीको कारोबारको विवरण वित्तीय जानकारी इकाइमा पठाउने व्यवस्था हुनु र कारोबार अवैध ठहरिनु फरक विषय हुन ्।वैध स्रोतबाट आर्जन गरेको रकम लगानी गर्दा कारोबारको विवरण प्रतिवेदनमा पर्नसक्ने भएकै कारण लगानीकर्ता डराउनुपर्ने हुँदैन ।सम्पत्ति शुद्धीकरण निवारणको उद्देश्य अवैध रकममाथि निगरानी गर्नु हो, वैध लगानीलाई निरुत्साहित गर्नु होइन । नियमको स्पष्ट व्याख्या र प्रभावकारी कार्यान्वयनले वित्तीय पारदर्शिता बढाउँछ । तर नियमबारे गलत बुझाइ फैलियो भने वैध लगानीकर्ता अनावश्यक रूपमा त्रसित हुन सक्छन्। त्यसैले नियमनसँगै सही सूचना प्रवाह उत्तिकै महत्त्वपूर्ण छ । जुन चाँही शेयर बजारको लागि सही कदम हुन् ।अब बजार घट्ने कारण छ र?बजार घट्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको दाबी गर्नु उचित हुँदैन। बाह्य आर्थिक धक्का, कमजोर कम्पनीको वित्तीय अवस्था वा नीतिगत अन्योलले जुनसुकै बेला बजारलाई प्रभावित गर्न सक्छ । तर बजारको विश्लेषण गर्दा जोखिम मात्र होइन, सुधारका आधार पनि हेर्नुपर्छ। सरकारले पुँजी बजार सुधारको कार्ययोजना अघि सारेको छ । ब्याजदर अत्यन्त न्यून विन्दुमा छ, वित्तीय प्रणालीमा स्रोतको बलियो आधार छ र चाडबाड, खेलकुद, मेला महोत्सव आदिले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा बढेको छ । अब यी आधारलाई उत्पादन, लगानी, रोजगारी र कम्पनीहरूको नाफा वृद्धिसँग जोड्न सकियो भने बजारको सुधारले बलियो आधार पाउन सक्छ । सेयर बजारमा सबै कम्पनीको मूल्य एकै गतिमा बढ्दैन । त्यसैले लगानीकर्ताले कम्पनीको आम्दानी, प्रतिसेयर आम्दानी, लाभांश क्षमता र वित्तीय अवस्था हेरेर निर्णय गर्नुपर्छ । सकारात्मक अपेक्षा राख्नु र जोखिमलाई बेवास्ता गर्नु फरक कुरा हुन् । तर नीतिगत कारण र अहिलेको वस्तुगत परिस्थीतिले बजार घटनुपर्ने कारण छैन ।गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् । The post शेयर बजार घट्नुपर्ने कारण छ र ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुदूरपश्चिम रोयल्ससँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। ...

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
काठमाडाैँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन ...

खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री
काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे। खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना ...

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। खेल ५ बजे सुरु हुँदै छ। ...


