शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

रोम। शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौं विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्। विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध गरेका छन्। ट्रक चालक र किसानले पनि इन्धनको मूल्य वृद्धि तथा जीवनयापनको लागतविरुद्ध प्रदर्शन गरिरहेका छन्। रोमस्थित काभोर विद्यालयकी विद्यार्थी संगठनकी प्रवक्ता १८ वर्षीया लौरा टेरेसीले शुक्रबार ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रने र विद्यालय अवरुद्ध गर्ने बताइन्। मिलानमा अक्टोबर १७ र १८ मा युवाहरूले सवारीसाधनमा आगजनी र पसल लुटपाट गरेकाले अधिकारीहरू पुनः हिंसा भड्किन सक्नेमा चिन्तित छन्। प्राध्यापक रोजारियो फोर्लेन्जाका अनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक संकटले युवाहरूमा अनिश्चितता र भविष्यप्रतिको निराशा बढाएको छ। राजनीतिक रूपमा पर्याप्त प्रतिनिधित्व नपाएको र नेतृत्वले आफ्ना समस्या बेवास्ता गरेको उनीहरूको गुनासो छ। यसैबीच, वामपन्थी श्रमिक संगठन युएसबीले शुक्रबार आमहडताल आह्वान गरेको छ। सरकारले प्रदर्शन नियन्त्रण गर्न नाबालिगलाई हिरासतमा लिने प्रक्रिया सहज बनाउनुका साथै सार्वजनिक जमघटसम्बन्धी कानून कडा पारेको छ। मध्यपूर्वको युद्धका कारण इन्धन महँगिएपछि प्रभावित ट्रक चालक, किसान र माछा मार्नेहरूका लागि सरकारले १७ करोड ५२ लाख युरोको सहायता प्याकेज स्वीकृत गरेको छ। सन् २०२७ को प्रस्तावित बजेटमा ३० वर्षमुनिका श्रमिकलाई वार्षिक दुई हजार ५०० युरो बोनस दिने योजना पनि समेटिएको छ। प्रधानमन्त्री मेलोनीले सरकारी उपायले राज्यबाट उपेक्षित महसुस गरिरहेका युवालाई सहयोग पुग्ने आशा व्यक्त गरेकी छन। तर, तोडफोडमा संलग्न हुनेहरूका लागि ती सुविधा नभएको उनले स्पष्ट पारेकी छन्। मनोचिकित्सक म्याटिओ लान्सिनीले विद्यालयहरू युवाका आवश्यकताबाट टाढिएको बताउँदै पेन्सन प्रणालीभन्दा युवाको आवश्यकता केन्द्रमा राखेर शैक्षिक प्रणालीमा आधारभूत परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जाललाई मात्र दोष दिएर युवाको असन्तुष्टिको वास्तविक कारणबाट उम्कन खोजिएको उनको टिप्पणी छ। –रासस / एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता
जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्याफ्ट (बचाउका लागि प्रयोग गरिने डुंगा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । ...

एनपीएल खेल्न नपाएपछि पाकिस्तानी खेलाडी स्वदेश फर्किए
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दुई पाकिस्तानी क्रिकेटर इफ्तिखार अहमद र हुसेन शाह स्वदेश फर्किएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता... ...

ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते
रौतहट । फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उहाँकी धर्मपत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक ...

नेपाल प्रेसपछि नयाँ पत्रिकाको कार्यालयमा पनि पुग्याे प्रहरी
• नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका पाँच जना प्रहरी पुगेका छन् र संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने बताएका छन्। • पत्रकार मैनालीलाई पक्राउ गर्ने कुनै पुर्जी नदेखाइएको छ, जबकि आजै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। • एकै दिन दुई सञ्चारमाध्यमका पत्रकारलाई लक्षित गर्दै प्रहरीको गतिविधिले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताबारे चासो बढाएको छ। ...

