Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट । फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उहाँकी धर्मपत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक कृष्णदेव साहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गत दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना२त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा प्रहरी जवान चौधरीको निधन भएको र घाइते अवस्थामा रहकी श्रीमती खड्काको उपचारपछि स्वास्थ्यमा सुधार भएको छ । मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल लगी उपचार गर्ने क्रममा प्रहरी जवान चौधरीको राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ
ताजा खबरJust now

मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ

काठमाडौँ । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूमाथि धरपकड गरेको छ भनजे अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ । अहिलेसम्म नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराललाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ ...

टक्सार
पत्रकार पक्राउ प्रकरणमा रवि लामिछानेमाथि रक्षा बमको आक्रोश, भनिन्– ‘सरकारबाट पञ्चायती गन्ध आइरहेको छ’
ताजा खबरJust now

पत्रकार पक्राउ प्रकरणमा रवि लामिछानेमाथि रक्षा बमको आक्रोश, भनिन्– ‘सरकारबाट पञ्चायती गन्ध आइरहेको छ’

काठमाडाैँ । जेनजी अभियन्ता रक्षा बमले सञ्चारमाध्यमभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएकी छन्। उनले रवि लामिछानेलाई लक्षित गर्दै... ...

रातोपाटी
फिल्म ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक
ताजा खबरJust now

फिल्म ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक

फिल्म ‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ गीत सार्वजनिक भएको छ।  शुक्रबार सार्वजनिक गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर सुन्न सकिन्छ। सशी शर्मा मजगैँयाको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ।  गीतले घरजम गर्नका लागि एक उपयुक्त युवक चाहिएको विषय उजागर गर्छ। क्यासिनोमा नाच्ने हट एन्ड ब्युटी युवतीले आफूलाई एक ... ...

नेपालखबर
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, रिहा गर्न प्रहरीलाई निर्देशन
ताजा खबरJust now

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, रिहा गर्न प्रहरीलाई निर्देशन

काठमाण्डु- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र धरपड रोक्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशन भन्दै विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास भएपछि प्रधानमन्त्री कार्यालयले […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play