शरद ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं। शरद ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्। पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन्। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन्। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्। जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन्। उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैंयाँ रोयल्टी संकलन गरेको छ। धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी संकलन गरेको छ। यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन्। उनीहरुबाट विभागले ६ लाख ८८ हजार ५० रुपैंयाँ राजस्व संकलन गरेको शाखा अधिकृत रेग्मीले बताइन्। यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन्। उनीहरुबाट विभागले ७४ लाख २७ हजार ७२० रुपैंयाँ रोयल्टी संकलन गरेको छ। यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले पाँच करोड ७६ लाख ९९ हजार ६५० रुपैंयाँ राजस्व संकलन गरिएको छ। शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ। आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना रहेका छन्। यस बाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्याण्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताए। विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् ३१ करोड ८० लाख ५० हजार रुपैंयाँ रोयल्टी संकलन गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीले उत्कृष्ट नतिजा ल्याउँछ : मन्त्री तामाङ
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी मंसिरमा कर्णालीको सुर्खेतमा आयोजना... ...

३२ रन बनाएर आउट भए हसन
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले २१ बलमा ३२ रन... ...

दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ
काठमाडौं। १ कात्तिकमा सुनसरी इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित ३६ वर्षीय बुलबुल यादव पक्राउ परे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा गाँजासहित उनलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा चार जना पक्राउ परिसकेका छन्। यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेटसहित बारा घर भएका २७ वर्षीय सुदिप ...

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
पाल्पा, कात्तिक ११ गते । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस... ...


