Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ

दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ

काठमाडौं। १ कात्तिकमा सुनसरी इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित ३६ वर्षीय बुलबुल यादव पक्राउ परे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा गाँजासहित उनलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा चार जना पक्राउ परिसकेका छन्। यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेटसहित बारा घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा घर भएका २७ वर्षीय सुनिल सहनी २ कात्तिकमा पक्राउ परे। विगत १५ दिनको अवधिमा अवैध लागुऔषसहित पक्राउ पर्ने बुलबुल यादवसहित २३९ जना रहेका छन्। नेपाल प्रहरीले यस वर्षको दसैं (२५ असोजदेखि ८ कात्तिक) को अवधिमा देशभरबाट २३९ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो। जसमध्ये लागुऔषध नियन्त्रण ब्युरोबाट ३ जना, उपत्यकाबाट ४७ जना, कोशी प्रदेशबाट ३८ जना, मधेश प्रदेशबाट २४ जना, बागमती प्रदेशबाट २६ जना, गण्डकी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ३९ जना, कर्णाली प्रदेशबाट १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३२ जना पक्राउ परेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। पछिल्लो समयमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष अपरेशन सञ्चालन गरिरहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्ले भन्छन्, “लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न नेपाल प्रहरी आक्रमक रूपमा प्रस्तुत भइरहेको छ। चाडपर्वको समयमा समेत लागूऔषध कारोबार हुने विभिन्न नाकाहरूमा सूक्ष्म रूपमा सूचना संलकनका साथै योजनावद्ध प्रभावकारी प्रहरी परिचालन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय भई कार्य गरिरहेको छ।” सो अवधिमा गाँजा २ हजार ८ सय ७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करिब ३६ किलो, अफिम १ किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन १ किलो ७७ ग्राम ९१९ मिलिग्राम, कोकिन २७ ग्राम ६७८ मिलिग्राम तथा विभिन्न किसिमका नियन्त्रित लागूऔषध समेत प्रहरीले बरामद गरेको छ। १५ दिनमा १,३२७ जना पक्राउनेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये ब्युरोहरूबाट ४ जना, उपत्यकाबाट २ ३० जना, कोशी प्रदेशबाट २०४ जना, मधेश प्रदेशबाट २८९ जना, बागमती प्रदेशबाट १ सय जना, गण्डकी प्रदेशबाट ९१ जना, लुम्बिनी प्रदेशबाट २ सय ३ जना, कर्णाली प्रदेशबाट ६० जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ४६ जना पक्राउ परेका हुन्। सो अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये ज्यानसम्बन्धी कसुर अन्तर्गत २ सय ६४, आत्महत्यासम्बन्धी १२६, चोरीसम्बन्धी १५८, लागुऔषधसम्बन्धी २०७, हातहतियार तथा विष्फोटक पदार्थसम्बन्धी ८, अपहरण तथा शरीर बन्धकसम्बन्धी ३, आर्थिक अपराधसम्बन्धी ३९, चेक अनादरसम्बन्धी १०८, सामाजिक अपराधसम्बन्धी २६१, महिला तथा बालबालिकासम्बन्धी १०२, सवारीसम्बन्धी १२९, विद्युतीय कारोबारसम्बन्धी ७, लिखितसम्बन्धी ५ र नागरिकतासम्बन्धी कसुर अन्तर्गत ५ वटा मुद्दाहरू दर्ता भएका हुन्। गत वर्षको दसैंको अवधिमा ८०१ जना पक्राउ परेका थिए भने ९६० वटा मुद्दा दर्ता भएका थिए। आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी आक्रामक रुपमा प्रस्तुत भइरहेको काफ्ले बताउँछन्। सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य जारी राखेको उनी बताउँछन्। प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात
ताजा खबरJust now

पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित... ...

रातोपाटी
कप्तान ऐरीको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जीत
ताजा खबरJust now

कप्तान ऐरीको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जीत

कप्तान दिपेन्द्र सिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ। जारी एनपीएलकै सबैभन्दा बढी रनको साझेदारी गर्दै धरापमा पर्न लागेको सुदूरपश्चिमलाई इसानसँग बलियो साझेदारी गर्दै कप्तान ऐरीले जीतको बाटो देखाए।  दिपेन्द्र र इसानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे। बंगलादेशी अलराउन्डर मेहदी हसन... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play