Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन
Photo / Coverage: नेपालन्युज

नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । आज औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले हालसम्मको कार्यप्रगति जानकारी लिएको र अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो । देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ । औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न इच्छुक उद्योगीले विगत आठ वर्षदेखि जग्गा माग गर्दै चितवन उद्योग सङ्घको सचिवालयमा आवेदन दिँदै आएका छन् । सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ । शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जापानमा नेपाली छात्राको रहस्यमय मृत्यु
Latest NewsJust now

जापानमा नेपाली छात्राको रहस्यमय मृत्यु

जापानमा नेपाली विद्यार्थी गोमा राउतको रहस्यमय मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-६ बाहुनपुर घर भएकी गोमाको मृत्यु भएको हो। जापानस्थित साेवा जनरल अस्पतालमा उनको मृत्यु भएको हो।  जापानको निसी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत उनको मृत्युको वास्तविक कारण खुल्न बाँकी छ।  यस विषयमा प्रहरील... ...

नेपालखबर
‘कर्णाली भनेको सुर्खेत मात्रै होइन, जुम्ला पनि हो’
Latest NewsJust now

‘कर्णाली भनेको सुर्खेत मात्रै होइन, जुम्ला पनि हो’

सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता देशका सबै भूगोल र समुदायको उत्सव बन्नुपर्ने बताएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ लक्षित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय... ...

रातोपाटी
भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
Latest NewsJust now

भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

दमौली (तनहुँ), मङ्सिर १२ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६... ...

गोरखापत्र
राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट एकताका लागि राष्ट्रिय जागरण अभियान : प्रचण्ड
Latest NewsJust now

राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट एकताका लागि राष्ट्रिय जागरण अभियान : प्रचण्ड

• पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय जागरण अभियानको माध्यमबाट कम्युनिस्ट आन्दोलनको एकता र जनतासँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेका छन्। • अभियानमा पार्टी सदस्यता नवीकरण, स्थानीय निर्वाचनको तयारी र महाधिवेशनको तयारीलाई जोडिएको छ। • प्रचण्डले विभिन्न कम्युनिस्ट समूहसँग एकता र समायोजनको प्रक्रिया जारी राख्ने र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँग सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement