Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यावसायिक खेतीबाट आत्मनिर्भर बन्दै कञ्चनपुरका किसान
Photo / Coverage: नेपालन्युज

कञ्चनपुर। अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। सागसब्जीखेती, बिरुवा उत्पादन र च्याउखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि उनीहरूले यसैलाई इलम बनाएका हुन्। भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले एक कट्ठा जग्गामा ५०० लगानी गरेर सागसब्जीखेती सुरु गरेका थिए। पहिलो उत्पादन बिक्रीबाट १० हजार आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लैजाए। विसं २०७२ देखि व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका खड्काले अहिले तीन बिघा जग्गामा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएका छन्। धान र गहुँखेतीको तुलनामा सागसब्जीखेतीबाट तीन गुणासम्म बढी आम्दानी हुन थालेपछि यसलाई व्यावसायिक रूपमा अघि बढाएको खड्का बताउँछन्। एक कट्ठाबाट सुरु गरेको खेती विस्तार गर्दै लगेका बेला कोरोना महामारीका कारण भारतमा रोजगारीका लागि गएका उनका दुई छोरा घर फर्किएपछि खेतीलाई थप विस्तार गरेको उनले बताए। सागसब्जीखेतीबाट हुने आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च धान्न सहज भएको उनको भनाइ छ। सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको उनले बताए। यही आम्दानीबाट रु २० लाख खर्च गरेर एक छोरालाई विदेश पठाएको, घर बनाएको र खेतीका लागि तीन वटा मोटरसाइकल तथा ५० प्रतिशत अनुदानमा अटो किनेको उनले जानकारी दिए। त्यसैगरी, भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्दले रु ५० हजार लगानीमा सुरु गरेको बिरुवा उत्पादन व्यवसाय विस्तार गरी वार्षिक रु ६० लाखसम्मको कारोबार गर्ने अवस्थामा पुर्‍याएका छन्। एक दशकअघि सुरु गरेको व्यवसायबाट सबै खर्च कटाएर वार्षिक रु १५ लाखसम्म बचत हुने गरेको उनले बताए। पहिले कुटानीपिसानी मिल सञ्चालन गर्दै आएका चन्दले विद्युत् र कामदारको समस्या तथा ऋणको भार बढ्दै गएपछि नर्सरी व्यवसाय सुरु गरेका हुन्। अहिले उनले आफ्नै आधा बिघा र भाडामा लिएको डेढ बिघा जग्गामा फलफूल तथा घर सजावटका बिरुवा उत्पादन गर्दै आएका छन्। उनको नर्सरीमा ४५ प्रकारका बिरुवा उपलब्ध छन्। प्रतिगोटा रु २०० देखि रु १० हजारसम्मका बिरुवा बिक्री हुने गरेको उनले बताए। श्रीमान् गुमाएपछि घरखर्च चलाउन अरूसँग पैसा माग्नुपर्ने अवस्था आएपछि भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले पनि आत्मनिर्भर बन्न कृषि व्यवसाय रोजिन्। सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले अहिले पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन्। अरूसँग पैसा माग्नुभन्दा आफैँ काम गरेर आत्मनिर्भर बन्ने सोचले च्याउखेती सुरु गरेको उनले बताइन्। च्याउखेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशत नाफा हुने गरेको उनको भनाइ छ। च्याउ बिक्रीबाट घरखर्च र दुई छोराको पढाइ खर्च धानिएको उनले बताइन्। च्याउ बिक्रीबाट भएको नाफा पुन: खेतीमा लगानी गर्दै आएकी थापाले वार्षिक एक हजार ५०० केजी च्याउ बिक्रीबाट करिब रु दुई लाख आम्दानी गर्ने गरेको जानकारी दिइन्। कृषि उद्यम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण भीमदत्त नगरपालिका–११ भुजेलाका ७५ वर्षीय अर्जुनबहादुर डाँगी हुन्। पूर्वप्रहरी डाँगीले २०५४ सालमा प्रहरी सहायक निरीक्षक पदबाट राजीनामा दिएर घर फर्किएपछि सागसब्जीखेती सुरु गरेका थिए। सुरुमा १०० ग्राम धनियाको बीउ लगाएका उनले पहिलो उत्पादन बिक्रीबाटै रु एक हजार २०० आम्दानी गरेका थिए। त्यसपछि धनियासँगै मौसमी तथा बेमौसमी सागसब्जीखेती विस्तार गर्दै गए। अहिले पाँच कट्ठा जग्गामा आलु, लसुन, काउली, बन्दा, रायो र धनियालगायत सागसब्जी उत्पादन गर्दै आएका डाँगीले खेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौंमा अटिजम स्कुलको शिलान्यास
Latest NewsJust now

काठमाडौंमा अटिजम स्कुलको शिलान्यास

अटिजम भएका बालबालिकालाई पढाउनका लागि काठमाडौं महानगरपालिका-२९ मा अटिजम स्कुलको शिलान्यास गरिएको छ।  बुधबार महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले ‘काठमान्डौं स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ को शिलान्यास गरेकी हुन्। स्कुल शिलान्यासपछि बोल्दै डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताइन्।&nbs... ...

नेपालखबर
इन्डोनेसियाको सुन खानीमा बाढी पस्दा २६ कामदार थुनिए
Latest NewsJust now

इन्डोनेसियाको सुन खानीमा बाढी पस्दा २६ कामदार थुनिए

खानीको सुरुङमा पानी भरिनुअघि ११ जना कामदार भने सकुशल बाहिर निस्कन सफल भएका थिए। मंगलबार मात्रै घटनाबारे जानकारी पाएपछि संयुक्त उद्धार टोली परिचालन गरिएको छ ...

कान्तिपुर
सर्वोत्तम पेन्ट्सको ४२ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि पुस १० गते सकिँदै
Latest NewsJust now

सर्वोत्तम पेन्ट्सको ४२ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि पुस १० गते सकिँदै

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लक–इन अवधि आगामी पुस १० गते सकिँदै छ। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा उक्त सेयरको कुल मूल्य ४२ लाख ...

कर्पोरट खबर
अखाद्य महको कारोबार गरेको आरोपमा टोखाबाट १ जना पक्राउ, ३८४ केजी मह पनि बरामद
Latest NewsJust now

अखाद्य महको कारोबार गरेको आरोपमा टोखाबाट १ जना पक्राउ, ३८४ केजी मह पनि बरामद

महमा अखाद्य वस्तु मिसावट गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा टोखा नगरपालिका- १ भण्डारे बस्दै आएका लक्ष्मण गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।  धादिङको सिद्धलेक गाउँपालिका- २ घर भएका गुरुङले अखाद्य पदार्थ मिसावट गरेर मह उत्पादन गर्ने गरेको सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो।&... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement