Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण

विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण

Share:WhatsAppFacebookX (Twitter)Telegram
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सोमबारदेखि सुरु हुदैछ । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको तेस्रो सिजन हुँदैछ । एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्ने निश्चित भएको छ । अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष हुने भएको हो । क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस सिजनलाई आधिकारिक मान्यता दिनु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि मानिएको छ । आईसीसीको मान्यता पाउनु भनेको औपचारिक स्वीकृति मात्र नभएर समग्र नेपाली क्रिकेटमाथिको विश्वास बढेको भन्ने पनि बुझ्न सकिन्छ । आइसीसीको मान्यतासँगै यस सिजनका सबै खेलले आधिकारिक टी–२० को मान्यता पाएका छन्, जसबाट यी खेलहरुमा बन्ने रन र लिने विकेट खेलाडीको करिअरको आधिकारिक रेकर्डमा गणना हुनेछन् । अर्कोतर्फ आइसीसीको मान्यतापछि धमाधम अन्तर्राष्टिय क्रिकेटका सुपरस्टार खेलाडीहरु एनपीएलमा भित्रिने वातावरण पनि बनेको छ । यसअघि आधिकारिक मान्यता नहुँदा सक्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउन हिचकिचाउने गरेका थिए । साथै अब फ्रेन्चाइज टोलीहरूलाई टेस्ट राष्ट्रका सक्रिय खेलाडी भित्र्याउन कुनै समस्या नहुने भएको छ । अब फ्रेन्चाइजीले एक एसोसियटससहित कुल आठ विदेशी खेलाडी भित्राउन सक्ने भएका छन् । प्लेइङ–११ मा भने अधिकतम चार जना विदेशी खेलाडी तथा कम्तीमा एक जना एसोसिएट राष्ट्रका खेलाडी हुनुपर्ने नियम बनाइएको छ । त्यस्तै यस सिजनलाई विशेष बनाउने अर्को महत्वपूर्ण स्टेप हो डीआरएस अर्थात् ‘डिसिजन रिभ्यु सिस्टम’ । यो एनपीएलको तेस्रो सिजनमा क्रिकेट र क्रिकेट फ्यानहरुका लागि सबै भन्दा ठुलो कदम हो । डीआरएस प्रणालीअनुसार एलबीडब्लूको निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ, जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावनाको रेखाङ्कन गर्छ । ब्याट र बलको सम्पर्क पत्ता लगाउन ‘एज डिटेक्सन’ र साउन्ड वेभ टेक्नोलोजी जडान गरिएको छ । यसका साथै रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी नाप्न भिडियो रिभ्यु प्रयोग हुनेछ । प्रत्येक टोलीले प्रति इनिङ्स दुईवटा रिभ्युको अधिकार पाउनेछन् । क्यानका सचिव पारस खड्काका अनुसार यो प्रविधि मा लाग्ने लागत क्यान र आठवटै फ्रेन्चाइजले सहभुक्तानी गर्ने मोडल बनाइएको छ र यसका लागि करिब २ करोड खर्च हुने बताइएको छ । डीआरएसले म्याचको कुल समय करिब ३० मिनेट बढाउने भएकाले समय व्यवस्थापन गर्न क्यानले प्रारम्भिक रूपमा निकालेको खेल तालिकामा ३० मिनेट थप गरेको छ । त्यस्तै एनपीएलको तेस्रो सिजनमा म्याच फिक्सिङ र भ्रष्टाचार रोक्न आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम र टोलीहरूमा निगरानी राख्ने भएको छ । नियमानुसार, रिटायर्डलगायत सबै विदेशी खेलाडीले आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनैपर्ने अनिवार्य व्यवस्था छ भने एनपीएल सुरु हुनुभन्दा छ महिनाअघि कुनै पनि गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीले यहाँ खेल्न पाउने छैनन् । एनपीएलमा यसअघि पहिलो सिजनमा शिखर धवन र दोस्रो सिजनमा फाफ डु प्लेसिस खेलेर चर्चा बनाएका थिए भने उनीहरुको आगमनले एनपीएल र समग्र नेपाली क्रिकेटको प्रमोसनमा सहयोग पुगेको थियो । तर यसपटकको एनपीएलमा जोडिएका स्टार खेलाडीहरुका करण यसको रोमाञ्चकता बढ्ने निश्चित देखिएको छ । अहिलेसम्म अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् भने वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट खेल्दैछन् । त्यस्तै बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट, इंग्ल्यान्डका मोइन अली र न्युजील्यान्डका जिमी निशम जनकपुर बोल्ट्सबाट खेल्दैछन् । त्यस्तै दक्षिण अफ्रीकाका डेभिड मिलर कर्णाली याक्सबाट, वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । त्यसैगरी, पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर एनपीएलमा हिमालय स्पोर्ट्सको आधिकारिक ब्रोडकास्टिङमा एनालिस्टको भूमिकामा सहभागी हुने भएका छन् भने पोखरा एभेन्जर्सले भारतीय पूर्व खेलाडी इरफान पठानलाई ब्रान्ड एम्बासडरको रुपमा जोडेको छ । The post विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

जुम्लामा लोप हुँदै रैथाने बाली
ताजा खबरJust now

जुम्लामा लोप हुँदै रैथाने बाली

सिँजा। जुम्लामा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरू पछिल्लो समय सङ्कटमा परेका छन्। चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नबालीप्रति किसानको आकर्षण घट्दै जाँदा तिनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। पातारासी गाउँपालिका-६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराका अनुसार पहिले खेतबारीमा प्रशस्त मात्रामा लगाइने यी बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। उहाँले लामो समयदेखि गर्दै आएको रैथाने बालीको ...

नेपालन्युज
नेतान्याहूका प्रमुख प्रतिस्पर्धी आइजेनकोट को हुन् ?
ताजा खबरJust now

नेतान्याहूका प्रमुख प्रतिस्पर्धी आइजेनकोट को हुन् ?

तेल अभिभ । इजरायलको आगामी निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई चुनौती दिइरहेका प्रमुख विपक्षी नेता गादी आइजेनकोट पूर्वसैनिक प्रमुख हुन् । सेनामा चार दशक बिताएका ६६ वर्षीय आइजेनकोट अहिले ‘याशार’ पार्टीको... ...

रातोपाटी
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
ताजा खबरJust now

चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा

काठमाडौं । इजरायलमा आगामी अक्टोबर २७ मा नयाँ संसद र प्रधानमन्त्री चयनका लागि आमनिर्वाचन हुने भएको छ । सन् २०२२ पछि पहिलोपटक हुन लागेको यस निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि सत्तामा फर्किने प्रयासमा छन् । उनलाई गादी आइजेन्कोट नेतृत्वको विपक्षी दलले चुनौती दिने बताइएको छ । इजरायलको निर्वाचन प्रणालीअनुसार मतदाताले प्रधानमन्त्रीका उम्मेदवारलाई प्रत्यक्ष मतदान गर्दैनन्, बरु राजनीतिक दललाई मत दिन्छन् । ...

कर्पोरट खबर
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
ताजा खबरJust now

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play