झापा । झापा राष्ट्रिय महिला आयोगका प्रवक्ता कृष्णकुमारी पौडेलले गर्भदेखि नै छोरीको सुरक्षाको प्रत्याभूति हुनु पर्नेमा जोड दिनुभएको छ । ३५ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर झापाको धुलाबारी माविमा आयोजित कार्यक्रममा उहाँ एउटी छोरीको आँसु पुछ्न नसक्ने समाज सभ्य समाज हुन नसक्ने बताउनुभयो । केही व्यक्तिले नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुँदा हुने तर्क गरिरहेको भन्दै असहमति नजाउनुभयो । “नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुनुपर्छ भन्ने तर्क अव्यवहारिक र असान्दर्भिक छ” उहाँले भन्नुभयो, ” नागरिकता पाउनु नैसर्गिक अधिकार हो, तर विवाह मानसिक र शारीरिक अधिकार हो ।” प्रवक्ता पौडेलले चेतना अत्यन्त कमजोर भएको समाजले छोरीलाई सुरक्षा सिनिश्चित गर्न नसक्ने जोड दिँदै उहाँ समाजको चेतनास्तर वृद्धि जरुरी भएको बताउनुभयो । वातावरण मैत्री क्लब धुलाबारी माविको आयोजनामा भएको प्रभातफेरि पछि आयोजित सचेतना कार्यक्रममा धारणा राख्दै हिंसाका घटनाको प्रतीक्षा गर्ने समय पर्खने होइन, अन्त्य हुनु पर्नेमा जोड दिनुभएको उहाँले महिला कहाँ सुरक्षित छन् ? भन्ने प्रश्न अब उठ्न नहुने बताउनुभयो । इलाका प्रहरी कार्यालय धुलाबारीका सई सुवास थापाले साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतता र जानकारी मुलक प्रशिक्षण दिनुभएको कार्यक्रममा धुलाबारी माविका विभिन्न क्लब आबद्ध सयौं विद्यार्थीको सहभागी थिए । उनीहरूले महिला तथा लैंगिक हिंसा र त्यसबाट बच्ने उपायका बारेमा जिज्ञासा राखेका थिए । वातावरण मैत्री क्लब धुलाबारी मावि अध्यक्ष उपासना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक दीपेन्द्र कन्दङ्वा, शिक्षक रमेशकुमार दाहालले धारणा राख्नु भएको थियोे । कार्यक्रममा बितेको आर्थिक वर्षमा घरेलु हिंसामा परी १६९ जना महिलाले ज्यान गुमाएको बताइयो । त्यसमध्ये १६ जना कोशी प्रदेशका रहेको जनाइएको छ । मंसिर ९ देखि सुरु भएको अभियान २४ गतेसम्म चल्नेछ । आयोग प्रवक्ता पौडेल झापा, मोरङ, सुनसरी र उदयपुर कार्यक्रम लिएर पूर्व आउनु भएको हो । प्रवक्ता पौडेलले झापा प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलसँग लैंगिक हिंसा न्यूनीकरणका बारेमा आजै अन्तरक्रिया गर्दै हुनुहुन्छ । आफू धुलाबारी माविको पूर्वविद्यार्थी भएकोले पनि चालू अभियान अन्यतरगत सहभागी भएको यो पहिलो कार्यक्रम भएको प्रवक्ता पौडेलले बताउनुभयो ।
विवाह गर्ने र नागरिकता लिने उमेर समान हुन सक्दैन : प्रवक्ता पौडेल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






