विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले निराश

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । योसँगै विराटनगरले तेस्रो सिजनमा पहिलो जित निकालेको छ । शनिबार (कात्तिक १४) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेल पाँच ओभरमा छोट्ट्याइएको थियो । सुदूरपश्चिमलाई सस्तैमा रोक्न विराटनगरका आन्द्रे रसेल, रुपेस सिंह र एञ्जेलो म्याथ्युजले समान एक विकेट लिए । सुदूरपश्चिमका निम्ति स्कट कुगेलेइनले सर्वाधिक २८ रन बनाए । आरिफ शेख र सैफ जैबले समान १७ रन जोडे । त्यसअघि, टस हारेर ब्यटिङमा उत्रिएको विराटनगरले सुदूरपश्चिमविरुद्ध पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका सेहन जयसुर्याले ३९ रनको योगदान गरे । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । आन्द्रे रसेलले २९, लोकेश बमले २५ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहराले दुवै विकेट लिए । उनले दुई ओभरमा २८ रन खर्चिए । उनले पहिलो विकेटमा जसुर्यालाई एलबीडब्ल्यूको सिकार बनाए । २.३ ओभरमा अम्पायरले उक्त बलमा नटआउटको संकेत गरेका थिए । तर, सुदूरपश्चिमले डीआरएसको अपिल गर्दा उक्त निर्णय उल्ट्याउँदै टीभी अम्पायरले एलबीडब्ल्यूको संकेत गरेका हुन् ।दोस्रो विकेटमा उनले लोकेशलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका थिए । विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो । कात्तिक १२ गते भएको खेलमा कर्णाली याक्ससँग चार विकेटको पराजय भोगेको थियो ।सुदूरपश्चिमले भने जारी प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । टोलीले लुम्बिनी लायन्ससँग पहिलो खेल हार्दा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो । खेलमा वर्षाको प्रभाव खेल वर्षाका कारण निकै प्रभावित भयो । खेल पूर्वनिर्धारित समयभन्दा चार घण्टा ढिला सुरु भएको थियो । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले वर्षाका कारण बेलुका ७ः२५ बजे टस गर्ने जनाएको थियो । खेल ७ः४१ बजे सुरु गर्ने जानकारी गराएको थियो । तर, टस त्यस समयमा हुन सकेन । पिचको स्थिति नराम्रो भएको भन्दै आफ्ना खेलाडी घाइते हुन सक्ने भनेर सुदूरपश्चिमले खेल्न मानेको थिएन । त्यसपछि मैदानमा अन्योल सिर्जना भयो । यस क्रममा सुदूरपश्चिमका खेलाडीले केही बेर मैदान छाडेका थिए । पछि दर्शकको ‘दबाब’ र क्यानका सचिव पारस खड्काले सम्झाएपछि सुदूरपश्चिम खेल्न तयार भएको देखिएको थियो । खेल राति ९ः१५ बजे मात्र सुरु भएको थियो । शनिबारै बिहानका निम्ति तय गरिएको लुम्बिनी र चितवनबीचको खेल वर्षाका कारण रद्द भएको थियो । खेल रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाल प्रिमियर लिगमा आज जनकपुर र पोखरा भिड्दै
• नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। • खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ र दुवै टोली जित्ने लक्ष्यमा छन्। • जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। ...

जर्मनीमा जेनजी प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसल लुटपाट
अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि फ्र्याङ्कफर्ट र ह्याम्बर्गमा लुटपाट, तोडफोड तथा आगजनी भएपछि प्रहरीले सतर्कता बढाएको छ। ...

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना ...

षडानन्द राष्ट्रिय पुरस्कारको घोषणा
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार नेपाली संस्कृतिविद् तथा समाजशास्त्री विद्वान् प्राडा प्रेमकुमार खत्री... ...


