जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना बढेको तामाङले बताए । उनले यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन, विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा थप स्थापित गर्ने बताए। जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ। यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले छ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण गरेका थिए। विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

निर्वाचनपछि इजरायली जनता सडकमा, अरब दलसहितको सरकार बनाउन माग
काठमाण्डु – इजरायलमा अरब दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्न माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्। शनिबार साँझ तेल अभिभसहित विभिन्न सहरमा प्रदर्शन भएको हो। यसको विरोधमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका करिब दुई सय समर्थकले पनि तेल अभिभमै छुट्टै प्रदर्शन गरेको छन्। तेल अभिभको हबिमा स्क्वायरमा भेला भएका करिब दुई हजार प्रदर्शनकारीले ‘साझेदारी […] ...

रुसी कब्जामा रहेको युक्रेनी सहरबाट सयौँ नागरिकको उद्धार, भन्छन्–‘हामी नर्कबाट फर्कियौँ’
युक्रेन । रुसको कब्जामा रहेको युक्रेनको अग्रपङ्क्तिको सहर ओलेश्कीबाट उद्धार गरिएका नागरिकहरूले आफूहरू ‘नर्कबाट फर्किएको’ बताएका छन् । चार वर्षदेखि युद्धको भयावह अवस्था झेलिरहेका सयौँ नागरिक शनिबार बेलारुस हुँदै युक्रेनको... ...

नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा आजदेखि टोल शुल्क अनिवार्य
काठमाडौं । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग प्रयोग गरेबापत आजदेखि टोल शुल्क लाग्ने भएको छ । सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशा अनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ । सरकारले यसअघि नै निर्णय गरेर राजपत्रमा सूचना जारी गरी सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने ...

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आइतबार दिउँसो २ सम्बोधन गर्ने बताएका छन्। ...


