नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा आजदेखि टोल शुल्क अनिवार्य

काठमाडौं । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग प्रयोग गरेबापत आजदेखि टोल शुल्क लाग्ने भएको छ । सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशा अनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ । सरकारले यसअघि नै निर्णय गरेर राजपत्रमा सूचना जारी गरी सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरिसकेको छ । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । त्यसैगरी मिनी बस, मिनी टिपर-ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल( प्रति सवारीसाधन प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैया र बाहिरिँदा २५० रुपैया तोकिएको छ । भुक्तानीलाई सहज बनाउन आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ र नगद दुवै माध्यमको व्यवस्था गरिएको छ । दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री र डिजेल, पेट्रोल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जापानको साढे २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब लगानीमा बनेको यो सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड लगायतका कारण ढिलो गरी सम्पन्न भएपछि गत साउन ११ गते उद्घाटन गरेर सञ्चालनमा ल्याइएको थियो । The post नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा आजदेखि टोल शुल्क अनिवार्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए
काठमाडौँ । सन् १९०१ मा एक भारतीय सेफले अमेरिकामा सम्भवतः पहिलो भारतीय रेस्टुराँ खोलेका थिए । रञ्जी स्माइल अमेरिकी खानपानको क्षेत्रमा प्रभाव पार्ने सबैभन्दा रोचक र रहस्यमय व्यक्तित्वमध्ये एक थिए... ...

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।... ...

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम ...

‘अब आफ्नै जग्गाको मालिक भयौँ’
सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दु... ...


