Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विराट एक्स्पोसँगै तीनदिने ‘विराट बिजनेस समिट’ हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराट एक्स्पोसँगै तीनदिने ‘विराट बिजनेस समिट’ हुने
Photo / Coverage: हिमालय टाइम्स

विराटनगर । उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म सञ्चालन गर्ने नवौं विराट एक्स्पोमा उद्योग र उत्पादनको प्रदर्शनीसँगै लगानी, बजार र व्यावसायिक साझेदारीका अवसर खोज्न तीनदिने ‘विराट बिजनेस समिट २०२६’ आयोजना गर्ने तयारी गरिएको छ । आयोजकका अनुसार डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोमा समिटले देशभरका जिल्ला तथा नगरमा छरिएर रहेका आर्थिक सम्भावनालाई लगानीकर्ता, उत्पादक, खरिदकर्ता र व्यावसायिक साझेदारसँग जोड्ने लक्ष्य राखेको छ । एक्स्पोमा पुस ५ देखि ७ गतेसम्म हुने उक्त समिटमा जिल्लागत तथा क्षेत्रगत औद्योगिक सम्भावना, लगानीयोग्य परियोजना, स्थानीय उत्पादनको बजार विस्तार र अन्तरप्रदेशीय व्यापारका अवसरबारे छलफल हुनेछ । जसमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, क्षेत्रगत उद्योग संघ, उद्योगी, व्यवसायी, लगानीकर्ता, वित्तीय संस्था, उत्पादक, खरिदकर्ता तथा वितरकलाई सहभागी गराउने आयोजकले तयारी गरेको छ । एक्स्पोमा पुस ५ देखि ७ गतेसम्म हुने उक्त समिटमा जिल्लागत तथा क्षेत्रगत औद्योगिक सम्भावना, लगानीयोग्य परियोजना, स्थानीय उत्पादनको बजार विस्तार र अन्तरप्रदेशीय व्यापारका अवसरबारे छलफल हुने बताइएको छ । आयोजकका अनुसार समिटको उद्देश्य विभिन्न जिल्लामा उपलब्ध आर्थिक स्रोत, उत्पादन क्षमता र व्यावसायिक सम्भावना पहिचान गरी तिनलाई लगानीयोग्य परियोजनामा रूपान्तरण गर्नु हो । स्थानीय उत्पादन तथा सेवाको बजार पहुँच विस्तार, जिल्लाबीच व्यापारिक सम्बन्धमा विकास र सम्भावित लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने माध्यमका रूपमा समिट अघि सारिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो । उहाँका अनुसार समिटका तीन दिनलाई फरक-फरक विषयमा केन्द्रित गरिएको छ । पहिलो दिन ‘इन्भेस्ट एण्ड बिल्ड’ अर्थात् लगानी र निर्माणको अवधारणामा छलफल हुनेछ । त्यस दिन उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, औद्योगिक पूर्वाधार, ऊर्जा, लजिस्टिक्स तथा संयुक्त लगानीका सम्भावनाबारे छलफल गरिनेछ । दोस्रो दिन ‘कनेक्ट एण्ड एक्सपान्ड’ अर्थात् बजारसँग जोडिने र विस्तार गर्ने विषयमा केन्द्रित हुनेछ । निर्यात प्रवर्द्धन, खरिदकर्ता र आपूर्तिकर्ताबीच सम्पर्क, वितरण प्रणाली, पर्यटन, लजिस्टिक्स तथा अन्तरप्रदेशीय व्यापार विस्तारका सम्भावनाबारे सामूहिक छलफल गरिनेछ । त्यस दिन व्यावसायिक साझेदारबीच प्रत्यक्ष सम्पर्क र व्यापारिक सञ्जाल विस्तारलाई प्राथमिकता दिइनेछ । त्यसैगरी तेस्रो दिन ‘इन्फ्लुएन्स एण्ड ग्रो’ अर्थात् नीतिगत प्रभाव र उद्यम विकासका विषयमा छलफल हुनेछ । जसमा औद्योगिक वातावरण, नीतिगत सुधार, डिजिटल रूपान्तरण, स्टार्टअप, सीप विकास, हरित उद्योग र दिगो उद्यमशीलताका विषय समेटिनेछन् । अवसर देखाउने ‘अपरच्युनिटी वाल’आयोजकका अनुसार समिटको महत्त्वपूर्ण पक्ष लगानी र उत्पादकले आफ्नो अवसर देखाउने ‘अपरच्युनिटी वाल’ को व्यवस्था गरिनेछ । जसमा मुलुकका विभिन्न जिल्ला, नगर तथा क्षेत्रगत संस्थाले आफ्ना लगानीका अवसर, प्रमुख उत्पादन, व्यावसायिक प्रस्ताव र बजारको सम्भावनाबारे प्रस्तुति गर्न पाउनेछन् । अपरच्युनिटी वालमा लगानी र व्यापारका अवसरलाई दुर्ई भागमा वर्गीकरण गरिनेछ । पहिलो ‘अपरच्युनिटी अफर’ अन्तर्गत लगानी परियोजना, उत्पादन, कृषि, पर्यटन, पूर्वाधार, कच्चा पदार्थ, आपूर्ति तथा संयुक्त लगानीका प्रस्ताव राखिनेछन् । दोस्रो ‘अपरच्यनिटी निड्स’अन्तर्गत खरिदकर्ता, बजार, आपूर्तिकर्ता, वित्त, प्रविधि, वितरण प्रणाली, सेवा र दक्ष जनशक्तिको आवश्यकता प्रस्तुत गरिनेछ । कार्यक्रमबाट कुनै जिल्लामा उत्पादन भइरहेको वस्तुको बजार कहाँ छ, कुन उद्योगलाई लगानीकर्ता चाहिएको छ, कसलाई कच्चा पदार्थ वा प्रविधिको आवश्यकता छ र कुन व्यवसायलाई नयाँ खरिदकर्ता चाहिएको छ भन्ने जानकारी एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजकले प्रत्येक संस्थाका प्रस्ताव एकरूप ढाँचामा अपरच्युनिटी कार्डमार्फत् प्रदर्शन गर्ने तयारी गरेको छ । सम्बन्धित संस्थाको सम्पर्क विवरण र क्युआर कोडसमेत राखिने भएकाले इच्छुक लगानीकर्ता तथा व्यवसायीले सिधै सम्बन्धित पक्षसँग सम्पर्क गर्न सक्नेछन् भने समिट सकिएपछि पनि व्यावसायिक संवाद र साझेदारीलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ । समिटमा नेपालभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र क्षेत्रगत उद्योग संघलाई आफ्नो क्षेत्रको आर्थिक तथा औद्योगिक सम्भावना प्रस्तुत गर्ने अवसर दिइने आयोजकले जनाएको छ । संगठनका अनुसार समिटको उद्देश्य औपचारिक छलफल र प्रस्तुतीकरणमा मात्र सीमित रहने छैन । विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र उत्पादकबीच प्रत्यक्ष सम्बन्ध स्थापना गरी सम्भावित लगानी, बजार विस्तार र व्यापारिक साझेदारीलाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास गरिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेसले देशभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने, आज सानेपामा अभिमुखीकरण
Latest NewsJust now

कांग्रेसले देशभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने, आज सानेपामा अभिमुखीकरण

नेपाली कांग्रेसले देशका ७ सय  ५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले देशव्यापी अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।  अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानका... ...

नेपालखबर
मानवअधिकार राष्ट्रिय कार्ययोजना : स्थानीय तहको जिम्मेवारी र कार्यान्वयनको सवाल-२
Latest NewsJust now

मानवअधिकार राष्ट्रिय कार्ययोजना : स्थानीय तहको जिम्मेवारी र कार्यान्वयनको सवाल-२

कात्तिक १९ गतेको अंकबाट क्रमशःयोजना र बजेटमा मानवअधिकार कहाँ छ ?स्थानीय तहमा मानवअधिकारको कार्यान्वयनको वास्तविक परीक्षा बजेटमा हुन्छ । कार्ययोजनाले नै आवश्यक स्रोत तथा साधन सम्बन्धित निकायको वार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने र उपलब्ध बजेटबाट निर्धारित काम व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । तीनै तहले नीति, योजना, बजेट र कार्यक्रम तर्जुमा गर्दा राष्ट्रिय कार्ययोजनालाई मार्गदर्शनका रूपमा लिनुपर्ने स्पष्ट उल्लेख छ । ...

हिमालय टाइम्स
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
Latest NewsJust now

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

दाङ । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ । जसले... ...

रातोपाटी
सुकुम्बासीको कन्तबिजोक !
Latest NewsJust now

सुकुम्बासीको कन्तबिजोक !

सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई त्यहाँबाट हट्न निर्देशन दिएको छ । वर्तमान सरकार गठन भएपछि अव्यवस्थित रूपमा बसेका सुकुम्बासी हटाउने कामलाई तीव्रता दिइएको थियो । खोला किनार, विभिन्न सार्वजनिक जग्गालगायत कतिपय ठाउँहरूमा व्यक्तिका जग्गासमेत मिचेर सुकुम्बासी बस्दै आएका थिए । यसले गर्दा शहरको बीचबीचमा हाँसका बथानमा बकुल्ला जसरी अव्यवस्थित बसोवास र सुन्दर बस्तीका बीच र छेउछाउमा रहेका झुप्राहरूले गर्दा शहर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement