Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कामनालाई तेस्रोपटक साफा अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
कामनालाई तेस्रोपटक साफा अवार्ड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कामना सेवा विकास बैंकले लगातार तेस्रोपटक दक्षिण एसियाली लेखापाल महासंघ (साफा) अवार्ड प्राप्त गरेको छ । उक्त बैंकलाई आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा वित्तीय सेवा क्षेत्रतर्फ ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ प्रदान गरिएको हो । बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासन मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ । बैंकका अनुसार बंगलादेशको ढाकामा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । बैंकले यसअघि पनि साफा अवार्डका साथै बैंकको वित्तीय प्रतिवेदनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४ र २०२५ मा वित्तीय सेवा क्षेत्रतर्फ गोल्ड अवार्ड प्राप्त गरेको थियो । साफाले दक्षिण एसियाका विभिन्न देशमा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गरी हरेक वर्ष विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेसले देशभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने, आज सानेपामा अभिमुखीकरण
Latest NewsJust now

कांग्रेसले देशभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने, आज सानेपामा अभिमुखीकरण

नेपाली कांग्रेसले देशका ७ सय  ५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले देशव्यापी अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।  अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानका... ...

नेपालखबर
मानवअधिकार राष्ट्रिय कार्ययोजना : स्थानीय तहको जिम्मेवारी र कार्यान्वयनको सवाल-२
Latest NewsJust now

मानवअधिकार राष्ट्रिय कार्ययोजना : स्थानीय तहको जिम्मेवारी र कार्यान्वयनको सवाल-२

कात्तिक १९ गतेको अंकबाट क्रमशःयोजना र बजेटमा मानवअधिकार कहाँ छ ?स्थानीय तहमा मानवअधिकारको कार्यान्वयनको वास्तविक परीक्षा बजेटमा हुन्छ । कार्ययोजनाले नै आवश्यक स्रोत तथा साधन सम्बन्धित निकायको वार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने र उपलब्ध बजेटबाट निर्धारित काम व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । तीनै तहले नीति, योजना, बजेट र कार्यक्रम तर्जुमा गर्दा राष्ट्रिय कार्ययोजनालाई मार्गदर्शनका रूपमा लिनुपर्ने स्पष्ट उल्लेख छ । ...

हिमालय टाइम्स
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
Latest NewsJust now

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

दाङ । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ । जसले... ...

रातोपाटी
सुकुम्बासीको कन्तबिजोक !
Latest NewsJust now

सुकुम्बासीको कन्तबिजोक !

सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई त्यहाँबाट हट्न निर्देशन दिएको छ । वर्तमान सरकार गठन भएपछि अव्यवस्थित रूपमा बसेका सुकुम्बासी हटाउने कामलाई तीव्रता दिइएको थियो । खोला किनार, विभिन्न सार्वजनिक जग्गालगायत कतिपय ठाउँहरूमा व्यक्तिका जग्गासमेत मिचेर सुकुम्बासी बस्दै आएका थिए । यसले गर्दा शहरको बीचबीचमा हाँसका बथानमा बकुल्ला जसरी अव्यवस्थित बसोवास र सुन्दर बस्तीका बीच र छेउछाउमा रहेका झुप्राहरूले गर्दा शहर ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement