Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मानवअधिकार राष्ट्रिय कार्ययोजना : स्थानीय तहको जिम्मेवारी र कार्यान्वयनको सवाल-२

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानवअधिकार राष्ट्रिय कार्ययोजना : स्थानीय तहको जिम्मेवारी र कार्यान्वयनको सवाल-२
Photo / Coverage: हिमालय टाइम्स

कात्तिक १९ गतेको अंकबाट क्रमशःयोजना र बजेटमा मानवअधिकार कहाँ छ ?स्थानीय तहमा मानवअधिकारको कार्यान्वयनको वास्तविक परीक्षा बजेटमा हुन्छ । कार्ययोजनाले नै आवश्यक स्रोत तथा साधन सम्बन्धित निकायको वार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने र उपलब्ध बजेटबाट निर्धारित काम व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । तीनै तहले नीति, योजना, बजेट र कार्यक्रम तर्जुमा गर्दा राष्ट्रिय कार्ययोजनालाई मार्गदर्शनका रूपमा लिनुपर्ने स्पष्ट उल्लेख छ । त्यसैले स्थानीय तहले ‘मानवअधिकार कार्यक्रम’ भनेर एउटा सानो बजेट शीर्षक राखेरमात्र आफ्नो दायित्व पूरा भएको मान्न मिल्दैन । विद्यालयमा पहुँच बढाउने बजेट, स्वास्थ्य सेवा विस्तार गर्ने बजेट, खानेपानीको बजेट, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त पूर्वाधार, महिला तथा बाल संरक्षण, दलित तथा सीमान्तकृत समुदायको सशक्तीकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र न्यायमा पहुँचजस्ता सम्पूर्ण कार्यक्रमलाई मानवअधिकारको दृष्टिले हेर्न आवश्यक हुन्छ । अनुगमन र प्रतिवेदन : जिम्मेवारीको सबैभन्दा महत्त्वपूर्ण पक्षकार्ययोजनाको अर्को महत्त्वपूर्ण विशेषता यसको मापनयोग्य कार्यान्वयन प्रणाली हो । प्रत्येक गतिविधिका लागि जिम्मेवार निकाय, सहयोगी निकाय, समयसीमा र कार्यसम्पादन सूचक तोकिएको छ । यसले ‘काम गर्ने’ भन्दा अगाडि ‘के काम गर्ने, कहिलेसम्म गर्ने र त्यसको उपलब्धि कसरी मापन गर्ने ?’ भन्ने प्रश्नको जबाफ खोज्छ । स्थानीय तह समन्वय समितिको प्रमुख जिम्मेवारीमध्ये कार्ययोजना कार्यान्वयनको अर्धवार्षिक र वार्षिक प्रगति प्रतिवेदन तयार गरी जिल्ला समितिमा पठाउनु न हो । स्थानीय तहले अर्धवार्षिक प्रतिवेदन माघको पहिलो हप्ता र वार्षिक प्रतिवेदन साउनको पहिलो हप्ताभित्र जिल्ला समितिको सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यसले स्थानीय तहलाई आफ्नो मानवअधिकार अवस्थाबारे आफैं समीक्षा गर्न बाध्य बनाउने संरचना निर्माण गरेको छ । उदाहरणका लागि, विद्यालयबाहिर रहेका बालबालिका कति छन् ? सामाजिक सुरक्षा नपाएका लक्षित नागरिक कति छन् ? खानेपानीबाट वञ्चित परिवार कति छन् ? अपाङ्गता भएका व्यक्तिका लागि सेवा तथा पूर्वाधार कति पहुँचयुक्त छन् ? बालविवाह, छुवाछूत, घरेलु हिंसा वा अन्य विभेदका घटना कति छन् ? वातावरणीय जोखिममा रहेका बस्ती कति छन् ? यस्ता प्रश्नको तथ्यांकसहित जवाफ स्थानीय सरकारसँग हुनुपर्ने हुन्छ । नागरिक समाजको भूमिका पनि महत्त्वपूर्णस्थानीय तह समन्वय समितिमा नागरिक समाजका प्रतिनिधिलाई समेत सदस्यका रूपमा समावेश गर्नु कार्ययोजनाको महत्त्वपूर्ण पक्ष हो । यसले मानवअधिकारको कार्यान्वयनलाई सरकारको आन्तरिक प्रशासनिक प्रक्रिया मात्र नबनाई सामाजिक निगरानी, सहभागिता र साझेदारीसँग जोड्न खोजेको देखिन्छ । नागरिक समाजले स्थानीय सरकारलाई सहयोगमात्र गर्ने होइन, कार्यान्वयनको अवस्था प्रश्न गर्ने, अधिकारबाट वञ्चित समुदायको आवाज समितिसम्म पुर्‍याउने, तथ्यांक तथा प्रमाण उपलब्ध गराउने र सार्वजनिक जबाफदेहिता खोज्ने भूमिका निर्वाह गर्न सक्छ । यसबाट कार्ययोजना कागजी प्रतिवेदन बनाउने प्रक्रियाबाट वास्तविक सामाजिक अनुगमनको संयन्त्रमा रूपान्तरण हुनसक्छ । अब चुनौती कार्यान्वयनको होनेपालले मानवअधिकार संरक्षणका लागि संवैधानिक, कानुनी, संस्थागत र नीतिगत संरचना पर्याप्त रूपमा विकास गरिसकेको कार्ययोजनाको मूल्यांकन छ । तर, भौगोलिक विकटता, सामाजिक संरचना, सीमित स्रोतसाधन तथा पूर्वाधार र सेवाको असमान पहुँचका कारण मानवअधिकारको वास्तविक उपभोगमा अझै समस्या रहेको पनि कार्ययोजनाले स्वीकार गरेको छ । दण्डहीनताको अन्त्य, कानुनको प्रभावकारी पालना र विकास निर्माणलाई मानवअधिकारमैत्री बनाउने विषयलाई चुनौतीका रूपमा उल्लेख गरिएको छ । यही ठाउँमा स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण हुन्छ । संघीय राजधानीबाट बनाइएका नीति नागरिकको घरदैलोमा पुग्दा स्थानीय सरकारमार्फत नै पुग्छन् । त्यसैले राष्ट्रिय कार्ययोजनाको सफलता वा असफलता अन्ततः स्थानीय तहमा देखिने परिणामबाट मापन हुनेछ ।यदि स्थानीय तहले कार्ययोजनालाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्‍यो, बजेट छुट्यायो, जिम्मेवार शाखा तथा कर्मचारी तोक्यो, स्थानीय तह समन्वय समिति सक्रिय बनायो, नागरिक समाजलाई सहभागी गरायो, तथ्यांक संकलन गर्‍यो र प्रत्येक छ महिनामा कार्यान्वयनको समीक्षा गर्‍यो भने राष्ट्रिय कार्ययोजना जीवन्त बन्नसक्छ । तर, प्रतिवेदनका लागि मात्र बैठक बस्ने, कागजमा प्रगति देखाउने र नागरिकको वास्तविक अवस्थालाई नहेर्ने हो भने पाँच वर्षको कार्ययोजना अर्को औपचारिक दस्तावेजमा सीमित हुनसक्छ । मानवअधिकारको राष्ट्रिय कार्ययोजना स्थानीय सरकारको पनि कार्यसूची होछैटौं मानवअधिकार राष्ट्रिय कार्ययोजनाको मूल सन्देश स्पष्ट छ-मानवअधिकारको कार्यान्वयन संघीय सरकारको मात्र विषय होइन । संविधानले अधिकारको प्रत्याभूति गरेको छ, अन्तर्राष्ट्रिय सन्धिसम्झौताले नेपाललाई दायित्वबद्ध बनाएका छन् र राष्ट्रिय कार्ययोजनाले ती प्रतिबद्धतालाई कार्यान्वयनयोग्य गतिविधि, जिम्मेवार निकाय, समयसीमा र कार्यसम्पादन सूचकमा रूपान्तरण गरेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कार्ययोजनाले स्थानीय तहलाई प्रणालीको बाहिरी सहयोगी होइन, कार्यान्वयनको अग्रपंक्तिको जिम्मेवार निकायका रूपमा स्थापित गरेको छ । प्रत्येक स्थानीय तहमा समन्वय समिति बनाउने, मानवअधिकार अवस्थाको समीक्षा गर्ने, सम्बन्धित शाखा र वडालाई निर्देशन दिने, कार्यान्वयनमा समन्वय गर्ने र अर्धवार्षिक तथा वार्षिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी यसैको प्रमाण हो । यसकारण अब कुन स्थानीय तहले त्यसलाई आफ्नो नीति, योजना र बजेटमा कति उतारेको छ ? कति काम भयो ? कसले जिम्मेवारी लियो ? नागरिकले के पाए ? र नपाएको अधिकारका लागि जबाफदेही को भयो ? भन्ने प्रश्नको उत्तर स्थानीय सरकारसँग पनि हुन आवश्यक छ । राष्ट्रिय कार्ययोजनाको वास्तविक सफलता सिंहदरबारका फाइल, मन्त्रालयका प्रतिवेदन वा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने विवरणले मात्र निर्धारण गर्दैन । यसको सफलता गाउँको विद्यालयमा भर्ना हुन पाएको बालबालिका, स्वास्थ्य चौकीमा उपचार पाएको नागरिक, स्वच्छ खानेपानी पाएको परिवार, विभेदबाट मुक्त भएको दलित समुदाय, संरक्षण पाएको महिला तथा बालबालिका, सामाजिक सुरक्षा पाएको ज्येष्ठ नागरिक, सुरक्षित वातावरण पाएको समुदाय र न्यायमा पहुँच पाएको पीडितको जीवनमा देखिनुपर्छ । त्यस अर्थमा मानवअधिकार राष्ट्रिय कार्ययोजना राज्यको मानवअधिकारप्रतिको प्रतिबद्धताको दस्तावेज मात्र होइन । स्थानीय सरकारका लागि नागरिकको अधिकारलाई व्यवहारमा उतार्ने पाँच वर्षे कार्यसूची पनि हो । यसको प्रभावकारी कार्यान्वयनले नेपालको संवैधानिक प्रतिबद्धता पूरा गर्नेमात्र होइन, नेपालले अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा गरेका प्रतिबद्धता र स्वीकार गरेका सिफारिशलाई व्यवहारमा प्रमाणित गर्ने आधारसमेत तयार गर्छ । समाप्त । (तिमल्सिना साढे दुई दशकदेखि मानवअधिकार पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरलानाकाका पूर्वाधार
Latest NewsJust now

डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरलानाकाका पूर्वाधार

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुन सकेको छैन । विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार,... ...

रातोपाटी
कांग्रेसले देशभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने, आज सानेपामा अभिमुखीकरण
Latest NewsJust now

कांग्रेसले देशभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने, आज सानेपामा अभिमुखीकरण

नेपाली कांग्रेसले देशका ७ सय  ५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले देशव्यापी अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।  अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानका... ...

नेपालखबर
लोकतन्त्रको बदलिँदो परिभाषा
Latest NewsJust now

लोकतन्त्रको बदलिँदो परिभाषा

अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले परिभाषित गरेको ‘जनताको, जनताद्वारा र जनताका लागि गरिने शासन’ नै लामो समयसम्म लोकतन्त्रको सबैभन्दा चर्चित व्याख्या रह्यो । नेपालको सन्दर्भमा २००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलन र २०६२/६३ को परिवर्तन हुँदै विसं २०७२ मा संविधान जारी हुँदासम्म लोकतन्त्रलाई मुख्यतः निरंकुश शासनको अन्त्य, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता र नियमित निर्वाचनको व्यवस्थासँग जोडेर हेरियो । हिजोको पुस्ताका लागि नेता ...

हिमालय टाइम्स
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
Latest NewsJust now

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

दाङ । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ । जसले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement