Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने

विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने

10/20/2026, 10:26:50 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने

पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाउनुका साथै ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार करिब ८० देखि ९० करोड रुपैयाँ क्षति भएको सडकलाई अस्थायी मर्मत गरी २ हप्तामै सञ्चालनमा ल्याइए पनि दिगो पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्छ । ‘पहिरो र नदी नियन्त्रणका साथै म्याग्दी खण्डमा अब अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ,’ शर्माले भने । पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये म्याग्दीको ३३ किलोमिटर दूरीमा सबैभन्दा धेरै क्षति पुगेको छ । सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार आव २०७३/७४ मा निर्माण सुरु भएयता यस सडक खण्डमा हालसम्मकै उच्च क्षति भएको हो । बाढी-पहिरोपछि पहिले १ घण्टा ३ मिनेटमा पार गरिने म्याग्दी खण्ड पार गर्न अहिले ३ देखि ४ घण्टासम्म लाग्ने गरेको छ । पर्वत र म्याग्दीका दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र नदी कटानले क्षति पुर्‍याएको छ । कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिए पनि एकतर्फी बाटोका कारण सवारीसाधन फस्ने र घण्टौँ जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । उत्तरी सीमावर्ती नाका पुग्ने मालवाहक कन्टेनर, मुस्ताङ भ्रमणमा जाने पर्यटक र सर्वसाधारणको चापका कारण यो सडक निकै व्यस्त रहँदै आएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सडक पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मिथिला सभ्यताको प्राणधारा ‘कमला’ को किनारैकिनार
OthersJust now

मिथिला सभ्यताको प्राणधारा ‘कमला’ को किनारैकिनार

कमला- एउटा यस्तो नदी, जसको उद्गम हुन्छ बागमती प्रदेशअन्तर्गत सिन्धुलीको चुरे क्षेत्रमा। तर यो त्यो सभ्यताको परिचायक बन्दछ- मिथिला सभ्यताको, जो नेपालदेखि भारतसम्मको तराई-मधेश क्षेत्रमा फैलिएको छ। ...

अनलाइन खबर
स्वाद, संस्कृति र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ?
OthersJust now

स्वाद, संस्कृति र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ?

नेपाली समाजमा दशैँ, तिहार र छठ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइनन्स यी परिवारको पुनर्मिलन, आत्मीयता, खुसी र सामाजिक सद्भावका अवसर पनि हुन् । दशैँमा मासुका परिकार, चिउरा, अचार र मिठाईस तिहारमा सेलरोटी, मिठाई तथा विभिन्न परिकारस अनि छठमा ठेकुवा, फलफूल र प्रसादको विशेष महत्त्व हुन्छ। यी परम्परागत खानाले हाम्रो संस्कृति र पारिवारिक सम्बन्धलाई जीवन्त… ...

अनलाइन खबर
दशैंको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार
OthersJust now

दशैंको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् । बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्र प्रमुखले नवकन्याहरुको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ । सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गरेका हुन् । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play