Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध
Photo / Coverage: पर्दाफास

विपद्का कारण देशका विभिन्न जिल्लाका पाँच स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार सोमबार बिहान ७ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । विवरणअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त स्थानमा कात्तिक १४ गते बिहान ४ः५५ बजेदेखि सडक अवरुद्ध भएको थियो । त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण असोज २५ गते बिहान ५ः३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका–६ नरपानीमा पहिरोका कारण अवरुद्ध भएको सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडक कात्तिक १५ गते बिहान ४ः१५ बजेदेखि अवरुद्ध भएको थियो । यस्तै, कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडक कात्तिक १४ गते बिहान ५ः५५ बजेदेखि अवरुद्ध भएको थियो । यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री
OthersJust now

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने योजना अघि बढाएको हो । प्रधानमन्त्री शाहका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा आइसकेको छ ...

पर्दाफास
उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी
OthersJust now

उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी

अहिले उच्च रक्तचापको समस्याबाट ठूलो संख्यामा मानिसहरू प्रभावित छन् । धेरैले औषधिको सहायताले आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यो समस्या सामान्य लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । लामो समयसम्म रक्तचाप बढिरहँदा मुटुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यसले हृदयाघातजस्ता समस्याको जोखिमसमेत बढाउँछ । पहिले उच्च रक्तचापको समस्या विशेषगरी वृद्धवृद्धामा बढी… ...

अनलाइन खबर
१० लाख जितेका गौरीशंकर भन्छन्- घर मर्मत गर्छु, लोक सेवा पढ्छु
OthersJust now

१० लाख जितेका गौरीशंकर भन्छन्- घर मर्मत गर्छु, लोक सेवा पढ्छु

एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी, अर्कोतिर सरकारी जागिर खाने सपना । यी दुवैका बीच संघर्ष गरिरहेका पण्डितका लागि ४१५ रुपैयाँको खरिद अप्रत्याशित खुसी बनेर आएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play