Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री
Photo / Coverage: पर्दाफास

सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने योजना अघि बढाएको हो । प्रधानमन्त्री शाहका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा आइसकेको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेको व्यवस्थाअनुसार भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । सरकारले बाँकी सबै स्थानीय तहबाट समेत एक महिनाभित्र अनिवार्य रूपमा जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यसका लागि स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि सरकारले जनाएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि जग्गासम्बन्धी सेवा लिन नागरिकले मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने सरकारको अपेक्षा छ । स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोग गर्न पाउने र सेवा नागरिकको नजिक पुग्ने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । सरकारले यस पहललाई संघीयताको मर्मअनुसार राज्यका सेवा नागरिकको घरदैलोमा पु¥याउने र अधिकार केन्द्रमा सीमित राख्ने कानुनी व्यवस्थालाई खुकुलो बनाउने प्रयासका रूपमा व्याख्या गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हानि नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन डलरका लागि प्रस्ताव लेखन सुरु
OthersJust now

हानि नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन डलरका लागि प्रस्ताव लेखन सुरु

सरकारले प्रस्ताव लेखनसँगै कार्यान्वयन गर्नसक्ने र छिटो प्रक्रिया अघि बढाउन सक्ने उपयुक्त संस्था छनोटका लागि मूल्याङ्कन पनि गरिरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुख डा‍. महेश्वर ढकालले जानकारी दिए । ...

अनलाइन खबर
दाङमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
OthersJust now

दाङमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । दाङमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो । सो दुर्घटनाका क्रममा मोटरसाइकल चालक सोही गाउँपालिका–६ भगवानपुर बस्ने ३० वर्षीय प्रबिन… ...

अनलाइन खबर
बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले जिते १० लाखको बम्पर पुरस्कार
OthersJust now

बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले जिते १० लाखको बम्पर पुरस्कार

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ । जस अनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play