काठमाडौं।स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित सोमबार काठमाडौं आइपुगेका छन् । सभामुख डीपी अर्यालको निमन्त्रणामा आएका पेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गरेकी थिइन् । नेपाल भ्रमणका क्रममा उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणले नेपाल–स्विट्जरल्यान्डबीचको संसदीय सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
स्विस संसद्का अध्यक्ष पेज नेपालमा

Read Complete Original Article
Published originally on नेपालन्युज




![समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/opponent-parliament-leaders-meeting-83-7-16%20(1).jpeg)
