Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपद् प्रभावित वडाका क्षतिको विस्तृत विवरण माग्दै संसदीय विशेष समिति

विपद् प्रभावित वडाका क्षतिको विस्तृत विवरण माग्दै संसदीय विशेष समिति

10/27/2026, 3:10:40 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद् प्रभावित वडामा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण सरकारसँग माग्ने भएको छ । समितिको मंगलबार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले राहत वितरणको समग्र तथ्याङ्क मात्र पर्याप्त नहुने भन्दै प्रभावित पालिका र वडागत विवरण उपलब्ध गराउन सरकारसँग माग गर्ने बताउनुभएको हो । उहाँका अनुसार प्रभावित प्रत्येक वडामा कति नगद राहत, खाद्यान्न तथा अन्य सहायता उपलब्ध गराइएको छ भन्ने विवरण आवश्यक छ । त्यसका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी तथ्याङ्क व्यवस्थित रूपमा उपलब्ध गराउन उहाँले समितिको सचिवालयलाई निर्देशन दिनुभएको छ । खोज, उद्धार र राहत वितरणको प्रारम्भिक चरण लगभग सकिएको उल्लेख गर्दै सभापति पौडेलले अब प्रभावित नागरिकका गुनासा सम्बोधन गर्ने र सरकारी तथ्याङ्कको वास्तविकता जाँच्ने काममा केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘नेपाल सरकारले यति अर्ब, यति करोड राहत दिएका छौँ भनेर भएन । प्रभावित पालिकामा कति पुग्यो र प्रभावित वडामा कति पुग्यो भन्ने विवरण चाहियो । मैले पाएको इन्फर्मेसनमा ४९ जति वडा प्रभावित छन् । ती वडामा कति राहत पुग्यो ? के–के पुग्यो ? नगद कति पुग्यो ? खाद्यान्न कति पुग्यो ? यो कुरा सरकारले अद्यावधिक गरेर हाम्रो समितिलाई दिनुपर्‍यो,’ उहाँले भन्नुभयो । सरकारबाट प्राप्त तथ्याङ्क सही र व्यवस्थित भएमा मात्रै प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर उचित निर्णय लिन सकिने उहाँको भनाइ छ । समितिले विपद् प्रभावित वडामा भएको क्षतिको वैज्ञानिक अभिलेखीकरणलाई प्राथमिकतामा राखेको छ । प्रत्येक वडाका अध्यक्ष र प्राविधिकको हस्ताक्षरसहित क्षतिको विवरण तयार पार्ने योजना रहेको सभापति पौडेलले बताउनुभयो । उक्त विवरणमा मृतक तथा बेपत्ता व्यक्तिको सङ्ख्या, प्रभावित परिवारका बालबालिकाको अवस्था, पशुपन्छीमा भएको क्षति, खेतीपातीको नोक्सानी तथा प्रभावित परिवारको सामाजिक र आर्थिक अवस्थासमेत समेटिनेछ । त्यसैगरी, प्रभावित नागरिकको रोजगारी, उद्योग–व्यवसाय र विद्यालय सञ्चालनको अवस्थाबारे पनि अभिलेख राख्नुपर्ने उहाँको भनाइ छ । सरकारले उपलब्ध गराएको विवरण र स्थानीय नागरिकले दिएको जानकारीबीच फरक देखिएमा सम्बन्धित सरकारी निकायलाई समितिमा बोलाएर स्पष्टीकरण लिइने उहाँले बताउनुभयो । ‘सरकारले हामीलाई दिएको डेटा र त्यहाँका नागरिकले भनेको डेटाबीच फरक आयो भने फेरि सरकारलाई बोलाउँछौँ । तपाईँले हामीलाई यति गर्‍यौँ भन्नुभएको थियो, तर त्यहाँका नागरिकले त यो होइन भन्छन् भने त्यसबारे स्पष्ट पार्नुपर्छ । यो अलिकति संवेदनशील कुरा पनि छ । कुन वडामा कति बेपत्ता भए ? तिनीहरूका बालबच्चाको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? उद्योग–व्यवसायको अवस्था के छ ? त्यसको विस्तृत विवरण हुनुपर्छ,’ उहाँले भन्नुभयो । समितिले सरकारी विवरण र स्थानीय तहबाट प्राप्त तथ्याङ्क भिडाएर प्रमाणीकरण गरेपछि मात्रै स्थलगत अनुगमनमा जाने तयारी गरेको छ । समितिमा प्रस्तावित कार्ययोजनाअनुसार कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विपद् प्रभावित क्षेत्रको अनुगमन गरिनेछ । अनुगमनका क्रममा सम्बन्धित जिल्लाका सङ्घीय तथा प्रदेश सांसद, प्रभावित गाउँपालिका र नगरपालिका, वडा प्रतिनिधि, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका जिल्ला सभापति तथा अन्य सरोकारवालासँग अन्तरक्रिया र छलफल गर्ने तयारी छ । प्रस्तावित कार्यक्रमअनुसार धादिङको गल्छी, नुवाकोटको विदुर र रसुवाको धुञ्चेमा छलफल गरिनेछ । समितिले राहत वितरणको समग्र विवरणमा मात्र सीमित नभई प्रभावित वडामा वास्तविक रूपमा पुगेको सहायता, भएको क्षति र नागरिकले भोगिरहेका समस्यालाई आधार बनाएर अनुगमन गर्ने जनाएको छ । बैठकमा सहभागी सांसदहरूले भोटेकोशी र कालीगण्डकी कोरिडोरका साथै गोरखा तथा बुढीगण्डकी कोरिडोरमा समेत अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले विपद् प्रभावित नागरिकको दैनिक जीवनयापन, मानसिक स्वास्थ्य, रोजगारी र कृषिमा परेको प्रभावबारे जानकारी लिन सम्बन्धित विज्ञ, मन्त्रालय तथा विभागका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनुपर्ने बताएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
OthersJust now

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा ...

पर्दाफास
तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
OthersJust now

तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला

फूल उत्पादन र बजार हरेक वर्ष विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्‍याएको छ । ...

अनलाइन खबर
स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा
OthersJust now

स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा

करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नाम दिइएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन् । यसपटक सिरिजमा कलेजको प्रेम, ग्ल्यामर र प्रतिस्पर्धाभन्दा हत्या रहस्य र रोमाञ्चलाई प्राथमिकता दिइएको… ...

अनलाइन खबर
ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल
OthersJust now

ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल

काठमाडौं । गाउँमा खानेपानीको ट्यांकी बनेको छ । मुहानबाट पानी ल्याउन पाइप विस्तार गरिएको छ । घरघरमा धारा जडान गरिएका छन्। गाउँपालिकाले बजेट र पाइप उपलब्ध गराएको छ, स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । हेर्दा खानेपानीको समस्या समाधान भइसकेको जस्तो लाग्छ । तर धाराबाट पानी बग्दैन। सुनकोशी गाउँपालिका–३ का ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका करिब ६०… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play