विजयादशमीको शुभकामना दिँदै प्रम बालेन भन्छन् – ‘भ्रष्टाचार, कुशासन र विभेदविरुद्ध एकजुट बनौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । उनले परिवर्तनका लागि सोच मात्र नभई व्यवहारसमेत बदल्न आवश्यक रहेको सन्देश दिएका छन् । विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले चाडपर्वलाई परम्परागत उत्सवमा मात्र सीमित नराखी समाज र राज्यमा रहेका विकृति हटाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । हरेक नागरिकले राज्य आफ्नो साथमा रहेको महसुस गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको सन्देश छ । उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन् । पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुर र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गर्दै उनले सत्य र सत्कर्मको विजयको कामना गरेका छन् । प्रधानमन्त्री शाहको सन्देशले चाडपर्वको धार्मिक र सांस्कृतिक महत्त्वसँगै सुशासन, सामाजिक न्याय र सार्वजनिक उत्तरदायित्वको विषयलाई पनि जोड दिएको छ । भ्रष्टाचार र कुशासनजस्ता विकृतिलाई आधुनिक समाजका आसुरी प्रवृत्तिका रूपमा व्याख्या गर्दै उनले तिनको अन्त्यका लागि इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका छन् । उनले विजयादशमीलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारिवारिक आत्मीयता अभिवृद्धि गर्ने अवसरका रूपमा समेत चित्रण गरेका छन् । भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न यस पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । वर्षौँदेखि टाढिएका आफन्त, साथीभाइ र मान्यजनसँग पुनर्मिलन गर्ने अवसरका रूपमा रहेको विजयादशमीले आपसी सम्मान, माया र सद्भाव बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन् । अन्त्यमा प्रधानमन्त्री शाहले सबै नेपालीलाई आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउँदै एकता, सद्भाव, सम्मान र प्रेम साटासाट गर्न आह्वान गरेका छन् । उनको शुभकामना सन्देशले दसैँको टीका, जमरा र आशीर्वादसँगै मुलुकमा व्याप्त विकृति अन्त्य गर्ने सामूहिक संकल्पलाई समेत प्राथमिकता दिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा अझ सुदृढ रूपमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख ...

‘लिंक डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
हुम्ला। मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिंक डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ। गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ। नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिंक डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो। दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै ...

विपत्ति र शोकका बीच दसैँ मनाउँदा एकताको सन्देश: रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको घडीमा मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। विजयादशमी २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस वर्षको दसैँ विपत्ति र शोकको वातावरणमा मनाउनुपरेको उल्लेख गरेका छन्। लामिछानेले विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले ...

बडादशैँ २०८३ : कुन देशमा कति बजे छ टीकाको साइत ?
काठमाडौं। बडादशैं अन्तर्गत बुधबार विजयादशमीको दिन छ । नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ । नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ । यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरिसकिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ...


