‘लिंक डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

हुम्ला। मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिंक डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ। गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ। नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिंक डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो। दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै मर्मत गर्न सकिने उनले बताए। टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ। अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर समस्या समाधानका लागि आग्रह गरिएको बताए। सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने–जाने आफन्तसँग सम्पर्क गर्न तथा रकम पठाउनसमेत समस्या भएको उनले बताए। भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिकलाई टेलिकमको सेवा बन्द हुँदा थप सास्ती भएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विजया दशमीले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले विजया दशमीका दिन दुर्गा भवानीको पूजाअर्चना गरी गुरु, पुरोहित ...

आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कात्तिक ४ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार न्यूनतम थोक मूल्य प्रतिकेजी बन्दा (लोकल) रु ४०, स्थानीय काउली रु ६०, रातो मूला रु ३०, सेतो मुला (हाइब्रिड) रु ५० र तराई गाजर रु ८० रुपैयाँ छ। प्रमुख तरकारीको थोक मूल्य (प्रति केजी) ... ...
![दशैँमा प्रदान गरिने आशीर्वचनको महत्व र अर्थ के ? [भिडियो]](https://hamrakura.com/uploads/news/images/narayan-niroula-.jpg)
दशैँमा प्रदान गरिने आशीर्वचनको महत्व र अर्थ के ? [भिडियो]
धार्मिक मान्यताअनुसार भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग पनि विजयादशमी जोडिएको छ । ...

दशैंले विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गरोस् : लामिछाने
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दशैं पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। विजया दशमीको अवसरमा उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको शुभकामना दिएका हुन्। बडादसैंको अवसरमा शुभकामना दिँदै सभापति लामिछानेले पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा […] ...


