विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई बलियो बनाउँछौं -अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् । रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुनः अनुमोदन गरिएको भन्दै अव विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका हुन् । उनले काग्रेसले अहिले सडक आन्दोलनभन्दा पनि सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बाटो समातेको उहाले बताए । उनले जनतालाई अनावश्यक आन्दोलनको नाममा दुःख नदिई, स्थानीय र प्रदेश निर्वाचनलाई केन्द्रित गरेर जनताका बीचमा जाने योजना रहेको जनाए । शिवाकोटीले सरकारले जनतासामू गरेका बाचा र प्रतिबद्धताहरू पूरा गराउन निरन्तर ६ महिनासम्म जनताको घरदैलोमा जाने कार्यक्रम तय गरिएको समेत बताए । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका आदर्शहरूलाई आत्मसात गर्दै यसै कार्यक्रमलाई पार्टीको केन्द्रीय समिति र कार्यकर्तामार्फत मतदाताहरूसम्म पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालमा ३९७ हिउँचितुवा, बासस्थानमा चुनौती
काठमाडौं।दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ। नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ। कृषि, वन तथा पर्यावरण ...

वर्षापछि अवरुद्ध बेँसीसहर-चामे सडक पुनः सञ्चालन
मनाङ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो । दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो । सडकखण्डको ...

प्रविधि, नैतिकता र मानवीय रूपान्तरणको यात्रा(अनुभूति)
आज म आफ्नै अन्तरात्माको कठघरामा उभिएर एउटा असहज प्रश्न गरिरहेको छु—मानिसले विकास गरेको हो कि विकासका नाममा मानिस स्वयं... ...

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने
भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्मूल्याङ्कन, पुनःस्थापना र पुनर्निर्माणका लागि सो रकम उपयोग गरिनेछ। ...


