नेपालमा ३९७ हिउँचितुवा, बासस्थानमा चुनौती

काठमाडौं।दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ। नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ रहेको छ। विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएको छ। नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ। विश्वमा हाल चार हजारदेखि सात हजारको संख्यामा हिउँचितुवा रहेको अनुमान छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जलवायु परिवर्तनका कारण बढी असर परेको अवस्थामा उच्च हिमाली क्षेत्रमा बासस्थान रहेको हिउँचितुवाको जीवनचक्र तथा दैनिकी प्रभावित हुनु स्वाभाविक भएको बताए। उनका अनुसार यसको बासस्थानमा आएको ह्रासले हिउँचितुवाको आहारा प्रजातिमा कमी भइदिँदा खानाको अभाव देखिने चुनौती थपिएको छ। हिउँचितुवालाई ‘आइयुसिएन’ले विश्वव्यापी जोखिमको हिसाबले रातो सूचीमा राखी सूचीबद्ध गरेको छ। यसलाई हिमालकी रानी पनि भनिन्छ। हिउँचितुवा लजालु प्रकृतिको हुन्छ। त्यसैले यसलाई भेट्न गाह्रो हुन्छ। पर्यावरण मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ। हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ। तथ्याङ्कअनुसार पूर्वी नेपालको तुलनामा पश्चिममा बढी संख्यामा हिउँचितुवा छन्। हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको प्राणी हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

युक्रेन युद्ध अन्त्य गर्न नोभेम्बरमा अबु धाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने तयारी
• रुस, युक्रेन र अमेरिका बीच नोभेम्बरमा अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ। • वार्ताको उद्देश्य युक्रेन युद्ध अन्त्य गर्नु हो र रुसले वार्ता पुनः सुरु गर्न तत्परता देखाएको छ। • रुसले वार्ता नोभेम्बर १० आसपास हुन सक्ने सङ्केत दिएको छ, जबकि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाँडो वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। ...

अस्ट्रियाद्वारा कूटनीतिक मर्यादाविपरीत गतिविधिको आरोपमा चार रूसी कूटनीतिज्ञ निष्कासित
• अस्ट्रियाले चार रूसी कूटनीतिज्ञलाई कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा संलग्न भएको आरोपमा देश छाड्न आदेश दिएको छ। • रूसी दूतावासले अस्ट्रियाको निर्णयको आलोचना गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ। • युरोपका विभिन्न देशहरूले सन् २०२२ पछि रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएका छन्, जसमा अस्ट्रियाले पनि पटक-पटक यस्तो कदम उठाएको छ। ...

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
काठमाडाैँ। अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको... ...

विराटनगर किंग्सका प्रशिक्षकद्वय आइपुगे नेपाल
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका मुख्य प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन् । श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले टोलीको समग्र रणनीति, खेलाडीको प्रदर्शन र टिम संयोजनको जिम्मेवारी सम्हाल्नेछन् । त्यस्तै, स्पिन प्रशिक्षक दिनुक शुलाक्षनाले टोलीका स्पिन बलरहरूको क्षमता अभिवृद्धि र बलिङ रणनीतिमा काम गर्नेछन् । विराटनगरले ...


