वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तलेजु भवानी मन्दिरमा महानवमीका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। वर्षभरि बन्द रहने मन्दिर परम्पराअनुसार वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिने भएकाले दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको हो। बडादशैंको महानवमीका दिन बिहान ४ बजेदेखि मन्दिरको मूलढोका खुला गरिएपछि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रबाट आएका श्रद्धालु दर्शनका लागि लामबद्ध भएका छन्। दर्शनार्थीको लाम न्युरोड, मखन हुँदै वसन्तपुर दरबार स्क्वायरसम्म पुगेको छ। हनुमानढोका दरबार हेरचाह तथा संरक्षण कार्यालयका अनुसार महानवमीका दिन तलेजु भवानीको विशेष पूजाआराधना गर्ने र सर्वसाधारणलाई दर्शनको अवसर दिने परम्परा छ। भक्तजनको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट तथा स्थानीय क्लबका स्वयंसेवक परिचालन गरिएको छ। ज्येष्ठ नागरिक, अशक्त तथा महिला दर्शनार्थीका लागि छुट्टै लामको व्यवस्था मिलाइएको छ। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको तलेजु भवानी मन्दिर मल्लकालीन इतिहाससँग जोडिएको छ। नेवार समुदायमा कुलदेवीका रूपमा पुजिने तलेजु भवानीलाई मल्लकालदेखि नै राजपरिवारको इष्टदेवीका रूपमा आराधना गरिँदै आएको छ। तलेजु भवानीको दर्शन तथा पूजाआराधना गर्नाले सुख, शान्ति, आरोग्य र पारिवारिक समृद्धि प्राप्त हुने जनविश्वास छ। वर्षमा एक दिन मात्र मन्दिर खुल्ने भएकाले महानवमीका दिन यहाँ ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। भक्तजनको भीडका कारण वसन्तपुर आसपासको सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन । उनीका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि रु ...

लागुऔषधसहित ९ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली... ...

राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्या पूजन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा नवदुर्गाका अवतारका रूपमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष धार्मिक अनुष्ठानमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले परम्परागत विधिअनुसार नवकन्याको गोडा धोएर टीका लगाइदिएका थिए। उनीहरूले कन्याहरूलाई दक्षिणा तथा उपहारसमेत प्रदान गरेका थिए। नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा राष्ट्रप्रमुखबाट नवदुर्गास्वरूप नवकन्याको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। ...

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार
याङगुन।म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ। म्यान्माका अधिकारीहरूले दुई महिनापछि उनको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्। प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा शिलबन्दी खाम र राजाले पठाएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले बताएका छन्। सन् २०२१ को सैनिक विद्रोहबाट सत्ताच्युत भएकी ...


