Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

Share:WhatsAppFacebookX (Twitter)Telegram
वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

काठमाडौं, कात्तिक १३ । सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा तालाबन्दी गराउनुभएको छ। कार्यपालिकाको निर्णयअनुसार गिरीको कार्यकक्षमा ताला लगाइएको मेयर कार्कीले बताउनुभएको छ। दसैँ बिदापछि कार्यालयमा हाजिर हुन ढिलाइ गरेको भन्दै मेयर कार्कीले गिरीले प्रयोग गर्दै आउनुभएको सवारीसाधनको सुविधा पनि खोस्नुभएको बताइएको छ। गिरीले गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। जिम्मेवारी सम्हालेदेखि नै नगरपालिकाको खर्च व्यवस्थापनका विषयमा मेयर कार्कीले गर्ने खर्चमा रोक लगाउन थालेपछि उहाँहरूबिच सम्बन्ध बिग्रिएको बताइएको छ। नगर कार्यपालिकाको २०८३ कात्तिक १० गते बसेको ७२औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको मेयर कार्कीको दाबी छ। मेयर कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएकी गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज तथा समन्वयमा कमजोरी देखिएको आरोपसमेत लगाउनुभएको छ। यता, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने कार्यालयमा हाजिर हुन आउँदा अवरोध गरिएको बताउनुभएको छ। काज फिर्ता गर्ने निर्णय भएको भन्दै आफूलाई हाजिर हुन रोक्न खोजिएको उहाँको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएपछि स्पेनमा तीनदिने शोक
राजनीतिJust now

रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएपछि स्पेनमा तीनदिने शोक

स्पेनले बुधबारको रेल दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा बिहीबारदेखि तीन दिन शोकको घोषणा गरेको छ । यस वर्षको दोस्रो उच्च गतिको रेल ठक्कर हुँदा ६९ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि आफन्तहरू प्रियजनहरूको खबरको खोजीमा छटपटाएका छन्। शताब्दीको युरोपको सबैभन्दा घातक रेल दुर्घटनाहरूमध्ये एकले स्पेनको रेल सञ्जालको सुरक्षाबारे नयाँ प्रश्न उठाएको छ। यातायात मन्त्रीले ‘त्रुटि’ र ‘अस्पष्ट परिस्थिति’ दुर्घटना निम्त्याएको रिपोर्ट ...

फरकधार
नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न शुक्रबार आयोग जाँदै कांग्रेस
राजनीतिJust now

नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न शुक्रबार आयोग जाँदै कांग्रेस

काठमाण्डु –नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेको छ । पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ। गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन सम्पन्न गरे पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक रहेको […] ...

काठमाण्डुपाटी
एमाले बागमती प्रदेश सचिवालय बैठक कात्तिक १८ र प्रदेश कमिटी बैठक २८ र २९ गते बस्ने
राजनीतिJust now

एमाले बागमती प्रदेश सचिवालय बैठक कात्तिक १८ र प्रदेश कमिटी बैठक २८ र २९ गते बस्ने

काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले) बागमती प्रदेश पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकले प्रदेश सचिवालय तथा प्रदेश कमिटी बैठकको मिति र प्रस्तावित कार्यसूची तय गरेको पार्टी सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयाे। बस्नेतका अनुसार प्रदेश सचिवालय बैठक आगामी २०८३ कात्तिक १८ गते काठमाडौंमा बस्नेछ। त्यस्तै, प्रदेश कमिटी बैठक कात्तिक २८ र २९ गते काठमाडौंमै आयोजना गर्ने निर्णय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play