एमाले बागमती प्रदेश सचिवालय बैठक कात्तिक १८ र प्रदेश कमिटी बैठक २८ र २९ गते बस्ने

काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले) बागमती प्रदेश पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकले प्रदेश सचिवालय तथा प्रदेश कमिटी बैठकको मिति र प्रस्तावित कार्यसूची तय गरेको पार्टी सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयाे। बस्नेतका अनुसार प्रदेश सचिवालय बैठक आगामी २०८३ कात्तिक १८ गते काठमाडौंमा बस्नेछ। त्यस्तै, प्रदेश कमिटी बैठक कात्तिक २८ र २९ गते काठमाडौंमै आयोजना गर्ने निर्णय भएको छ। पदाधिकारी बैठकले तय गरेको मितिअनुसार प्रदेशस्तरीय दुवै बैठक काठमाडौंमा सञ्चालन हुनेछन्।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएपछि स्पेनमा तीनदिने शोक
स्पेनले बुधबारको रेल दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा बिहीबारदेखि तीन दिन शोकको घोषणा गरेको छ । यस वर्षको दोस्रो उच्च गतिको रेल ठक्कर हुँदा ६९ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि आफन्तहरू प्रियजनहरूको खबरको खोजीमा छटपटाएका छन्। शताब्दीको युरोपको सबैभन्दा घातक रेल दुर्घटनाहरूमध्ये एकले स्पेनको रेल सञ्जालको सुरक्षाबारे नयाँ प्रश्न उठाएको छ। यातायात मन्त्रीले ‘त्रुटि’ र ‘अस्पष्ट परिस्थिति’ दुर्घटना निम्त्याएको रिपोर्ट ...

नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न शुक्रबार आयोग जाँदै कांग्रेस
काठमाण्डु –नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेको छ । पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ। गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन सम्पन्न गरे पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक रहेको […] ...

वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
काठमाडौं, कात्तिक १३ । सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा तालाबन्दी गराउनुभएको छ। कार्यपालिकाको निर्णयअनुसार गिरीको कार्यकक्षमा ताला लगाइएको मेयर कार्कीले बताउनुभएको छ। दसैँ बिदापछि कार्यालयमा हाजिर हुन ढिलाइ गरेको भन्दै मेयर कार्कीले गिरीले प्रयोग गर्दै आउनुभएको सवारीसाधनको सुविधा पनि खोस्नुभएको बताइएको छ। गिरीले गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। जिम्मेवारी ...


