Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
Photo / Coverage: नेपालन्युज

भोजपुर। मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पदमार्गको अधिकांश क्षेत्र वनभित्र पर्ने भएकाले पर्यटकको खानपान तथा आवासका लागि आवश्यक संरचना निर्माणमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ । मङ्गलबार भोजपुरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘होमस्टे दर्ता शिविरसम्बन्धी समन्वयात्मक छलफल’ कार्यक्रमका सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले पर्यटकीय क्षेत्रको विकासका लागि वनसम्बन्धी कानुनी व्यवस्थामा सहजीकरण गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला पक्षको सहभागिता रहेको थियो । षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले होमस्टे दर्ताका लागि जग्गाधनी प्रमाणपुर्जा आवश्यक पर्ने व्यवस्थाका कारण वन क्षेत्रभित्र घरबास सञ्चालन गर्न समस्या भएको बताए । पर्यटकीय क्षेत्रका चौर तथा खर्कमा वातावरणमा असर नपर्ने गरी आवश्यक अस्थायी संरचना निर्माण गर्न सक्ने व्यवस्था मिलाउन वनसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न सरकारको ध्यानाकर्षण गराए । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले वनसम्बन्धी कानुनी व्यवस्थाका कारण मुन्दुम पदमार्गमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न नसकिएको बताए । वन क्षेत्रलाई कुनै बाधा नपुग्ने गरी घरबास तथा गोठबास (गोठ स्टे) निर्माणका लागि राज्यले सहजीकरण गनुपर्र्ने उनको भनाइ छ । ‘वन क्षेत्रलाई बाधा नपुग्ने गरी घरबास तथा गोठबास निर्माणका लागि राज्यले सहजीकरण गर्न आवश्यक छ,’ अध्यक्ष बस्नेतले भने, ‘पर्यटकीय क्षेत्रको सम्भावनालाई उपयोग गर्न सरकारले विद्यमान नीतिमा आवश्यक सुधार गर्न ध्यान दिनुपर्छ ।’ साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले राज्यको नीतिगत व्यवस्थाका कारण पर्यटकीय क्षेत्रमा घरबासलगायतका संरचना निर्माणमा कठिनाइ भइरहेको बताए । पर्यटकीय क्षेत्रको सम्भावनालाई उपयोग गर्न सरकारले विद्यमान नीतिमा आवश्यक सुधार गर्नुपर्ने उनको भनाइ छ । पदमार्गमा आवश्यक बासस्थान निर्माणमा समस्या हुँदा पर्यटकले समस्या भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले घरबास दर्ताको अधिकार स्थानीय तहलाई प्रदान गर्नुपर्ने बताइन् । स्थानीय आवश्यकताअनुसार पर्यटकलाई लक्षित गरी संरचना निर्माण गर्न वनसम्बन्धी कानुन संशोधन तथा प्रक्रियागत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ । डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले सामुदायिक वनले कार्यविधि बनाएर सामुदायिक घरबास सञ्चालन गर्न सक्ने व्यवस्था रहेको बताए । तर, वन क्षेत्रको जग्गामा व्यक्तिगत रूपमा कुनै पनि संरचना निर्माण गर्न नसकिने उनले स्पष्ट पारे । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख कृष्ण न्यौपानेले छलफलका क्रममा जनप्रतिनिधि तथा सरोकारवाला पक्षबाट प्राप्तसुझाव मन्त्रालयमा प्रस्तुत गरिने बताए । प्राप्त सुझावमाथि मन्त्रालयमा छलफल गरी आवश्यक सहजीकरणका लागि पहल गरिने उनले जानकारी दिए । मुन्दुम पदमार्गमा पर्यटकको बसाइ लम्ब्याउँदै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन घरबास र आवश्यक पूर्वाधार निर्माणलाई सहज बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए । सो अवसरमा भोजपुरमा हालसम्म तीन वटा मात्र घरबास दर्ता भएको जानकारी दिइएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते
Latest NewsJust now

जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते

जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर लिपपोत गर्नका लागि रातो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा चार महिला घाइते भएका छन्। ...

कान्तिपुर
सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’
Latest NewsJust now

सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) नेतृ तोसिमा कार्कीले आफ्नै पार्टीको सरकार र सरकारमा सहभागी ३ मन्त्रीलाई विगतमा लगाइएको नारा स्मरण गराएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेकी छन् । विगतमा लगाइएको नारा सम्झाउँदै उनले सरकारमा सहभागी ३ मन्त्रीलाई ट्याग गरेर स्मरण गराएकी हुन् । ‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न, ...

केन्द्रबिन्दु
शिवपुरीको जंगलमा थरीथरीका पुतली (तस्बिरहरू)
Latest NewsJust now

शिवपुरीको जंगलमा थरीथरीका पुतली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने थरीथरीका पुतली । निकुञ्जको तथ्यांकअनुसार नेपालमा पाइने ६३० मध्ये शिवपुरीमा १२४ प्रजातिका पुतली पाइन्छन् । हरियाली वन, शान्त वातावरण र... ...

रातोपाटी
विकासमा सुशासन
Latest NewsJust now

विकासमा सुशासन

विज्ञान र प्रविधिको पहुँचले अहिले नेपाली नागरिकको आकाङ्क्षा युरोप, अमेरिका जस्ता विकसित समाजको जस्तो छ । हाम्रा विकासनिर्माण, पूर्वाधारको अवस्था र कामको प्रवृत्ति भने पाँच दशक पुरा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play