Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा प्रारम्भिक नतिजामा डेमोक्रेट अगाडी, ट्रम्पलाई नोक्सान

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा प्रारम्भिक नतिजामा डेमोक्रेट अगाडी, ट्रम्पलाई नोक्सान
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा मतदान सकिएसँगै मध्यावधि निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मतगणनामा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा अग्रता लिएको छ भने सिनेटमा दुवै दलबीच प्रतिस्पर्धा जारी छ । प्रतिनिधिसभाको प्रारम्भिक मतगणनाअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार ६४ स्थानमा अगाडि छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवार ३० स्थानमा अग्रता बनाइरहेका छन् । प्रतिनिधिसभाका सबै ४३५ सिटका लागि निर्वाचन भएको हो। यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । सिनेटका कुल १०० सिटमध्ये यसपटक ३५ सिटका लागि निर्वाचन भएको छ । हाल सिनेटमा डेमोक्रेटिक पार्टीसँग ४३ र रिपब्लिकन पार्टीसँग ३३ सिट रहेको छ। सिनेटमा बहुमत हासिल गर्न ५१ सिट आवश्यक हुन्छ । यसैबीच, अमेरिकाका ३६ राज्यमा भएको गभर्नर निर्वाचनमध्ये अहिलेसम्म करिब १४ राज्यको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार रिपब्लिकन पार्टीले आठ र डेमोक्रेटिक पार्टीले छ राज्यमा जित हासिल गरेका छन्। बाँकी राज्यमा मतगणना जारी छ । फ्लोरिडामा रिपब्लिकन पार्टीकी उम्मेदवार एश्ले मुडीले सिनेट निर्वाचन जितेकी छन् । उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार एन्जी निक्सनलाई पराजित गरेकी हुन् । मुडी यसअघि फ्लोरिडाकी महान्यायाधिवक्ता थिइन् । यसपटक ३६ राज्यमा नयाँ गभर्नर चयनका लागि मतदान भएको छ । गभर्नर राज्य सरकारको सबैभन्दा शक्तिशाली निर्वाचित पद मानिन्छ । इलिनोइसमा डेमोक्रेटिक पार्टीका जेबी प्रिट्जकर पुनः गभर्नर निर्वाचित भएका छन्। यस्तै, म्यासाचुसेट्समा मौरा हिली, मेरिल्यान्डमा वेस मुर र पेन्सिलभेनियामा जोस शापिरोले पनि पुनः गभर्नर निर्वाचन जितेका छन् । अमेरिकाका पाँच राज्यमा भएको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन्। डेलावेयर, इलिनोइस, न्यु जर्सी, रोड आइल्यान्ड र म्यासाचुसेट्समा पार्टीका उम्मेदवारले जित हासिल गरेका हुन्। डेलावेयरमा डेमोक्रेटिक पार्टीका क्रिस कुन्सले रिपब्लिकन पार्टीका माइकल काट्जलाई पराजित गर्दै आफ्नो सिनेट सिट सुरक्षित गरेका छन्। न्यु जर्सीमा कोरी बुकरले रिपब्लिकन उम्मेदवार जस्टिन मर्फीलाई हराउँदै पुनः सिनेटमा स्थान बनाएका छन्। रोड आइल्यान्डमा जोन रिड र म्यासाचुसेट्समा एडवर्ड मार्की पुनः सिनेटमा निर्वाचित भएका छन्। इलिनोइसमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन्। यसैगरी, जर्जियाको पाँचौँ संसदीय निर्वाचन क्षेत्रमा डेमोक्रेटिक पार्टीकी निकेमा विलियम्स पुनः प्रतिनिधिसभामा निर्वाचित भएकी छन् । उनले आफ्ना मुख्य प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार जोन साल्भेसनलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् । The post अमेरिकामा प्रारम्भिक नतिजामा डेमोक्रेट अगाडी, ट्रम्पलाई नोक्सान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज
Latest NewsJust now

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज हुँदैछ।  बुधबार बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।  अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहनेछ। अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ। अधि... ...

नेपालखबर
अमेरिकामा मतगणना जारी : यी राज्यका गभर्नर पदमा डेमोक्र्याटिक अगाडि
Latest NewsJust now

अमेरिकामा मतगणना जारी : यी राज्यका गभर्नर पदमा डेमोक्र्याटिक अगाडि

काठमाडौं । अमेरिकामा मध्यावधि चुनावको मतगणना जारी छ। ३६ राज्यमा गभर्नर पदका लागि पनि मतदान भएको छ। सीबीएस न्युजले धेरै राज्यमा गभर्नर पदको प्रतिस्पर्धाको आफ्नो मूल्यांकन जारी गरेको छ, जसले डेमोक्र्याटिक पार्टीले अग्रता लिइरहेको देखाएको छ। एरिजोना, आयोवा, मिसिगन, मिनेसोटा र न्यु मेक्सिकोमा डेमोक्र्याटिक पार्टी बलियो स्थितिमा अग्रता लिएका छन् । दक्षिण डकोटामा रिपब्लिकन पार्टीले जित्ने सम्भावना रहेको छ । कान्सास, ...

केन्द्रबिन्दु
अमेरिकाको जर्जियामा केइशा लान्स बटम्स विजयी, राज्यको गभर्नर बन्ने पहिलो अश्वेत महिला
Latest NewsJust now

अमेरिकाको जर्जियामा केइशा लान्स बटम्स विजयी, राज्यको गभर्नर बन्ने पहिलो अश्वेत महिला

जर्जिया । अमेरिकाको जर्जिया राज्यमा गभर्नर पदका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार केइशा लान्स बटम्स विजयी भएकी छन् । यो जितसँगै उनी अमेरिकी इतिहासमा कुनै राज्यको गभर्नर निर्वाचित हुने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play