Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) नेतृ तोसिमा कार्कीले आफ्नै पार्टीको सरकार र सरकारमा सहभागी ३ मन्त्रीलाई विगतमा लगाइएको नारा स्मरण गराएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेकी छन् । विगतमा लगाइएको नारा सम्झाउँदै उनले सरकारमा सहभागी ३ मन्त्रीलाई ट्याग गरेर स्मरण गराएकी हुन् । ‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न, एक–दुई–तीन–चारः बन्द गर भ्रष्टाचार, वि आर विथ डा. गोविन्द केसी, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा,’ उनले लेखेकी छन्, ‘माइतीघर–बानेश्वरमा पटक पटक घन्काईएका यी नाराहरु याद छ ? डा. केसी पागल हुन् भने ‘म पनि पागल हुँ’ भनेर आआफ्नो निधारमा बाँधेको त्यो फेटा याद छ ?’ उनले सरकारका मन्त्रीहरु सस्मित पोखरेल, विराजभक्त श्रेष्ठ र शिशिर खनाललाई यो स्ट्याटस ट्याग गरेकी छन् । उनीहरु तीनैजना सरकारका मन्त्री छन् । ‘विगतका हरेक सरकारले डा. केसीसँग गरेका सम्झौता र (यही सरकारले गरेको सम्झौता समेत) अब यही ‘हाम्रो’ सरकारले कार्यान्वयन गर्नुपर्छ। डा. केसी एक्लै लडेका होइनन्, तपाईं हामी सँगै लडेका थियौँ । अब ती मुद्दाहरुलाई मुकाममा पुर्याउने दायित्व बहन गरौँ,’ उनले भनेकी छन्, ‘त्यो वृद्ध शरीरलाई यातना नदिऔँ । डा. केसीसँग आजै वार्ता सम्पन्न गरी उहाँको जीवन रक्षा गरियोस्।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत
Latest NewsJust now

ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत

सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ। ...

कान्तिपुर
महिलाको हत्यामा संलग्न चार जना पक्राउ
Latest NewsJust now

महिलाको हत्यामा संलग्न चार जना पक्राउ

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित... ...

सिंहदरबार न्युज
तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा
Latest NewsJust now

तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा

मुस्ताङ समाचारदाता मुस्ताङ (मुक्तिनाथ), कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि मुस्ताङबाट १५ सयभन्दा बढी भेडाच्याङग्रा बिक्री भएको छ । दसैंमा १४ हजार भेडाच्याङ्... ...

गोरखापत्र
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
Latest NewsJust now

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

पोखरा । संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play