Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लुम्बिनीका १२ जिल्लामा बैंकको लगानी ५ खर्ब ९७ अर्ब, निक्षेप संकलन ८ खर्ब नजिक

लुम्बिनीका १२ जिल्लामा बैंकको लगानी ५ खर्ब ९७ अर्ब, निक्षेप संकलन ८ खर्ब नजिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीका १२ जिल्लामा बैंकको लगानी ५ खर्ब ९७ अर्ब, निक्षेप संकलन ८ खर्ब नजिक

काठमाडौं । लुम्बिनी प्रदेशका १२ जिल्लामा बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप उल्लेख्य रूपमा बढे पनि कर्जा प्रवाहको वृद्धि भने सुस्त देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप १९.९७ प्रतिशतले बढ्दा कर्जा प्रवाह ३.५९ प्रतिशतले मात्रै वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८२/८३ वार्षिक प्रतिवेदन अनुसार २०८३ असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ९१ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा निक्षेपमा भएको वृद्धि उच्च रहे पनि सोही अवधिमा कर्जा प्रवाह भने ५ खर्ब ९७ अर्ब ९९ करोड ४० लाख रुपैयाँ पुगेको छ। निक्षेप र कर्जा वृद्धिदरबीचको अन्तरले प्रदेशमा संकलित निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त रहेको देखाउँछ। प्रतिवेदनअनुसार प्रदेशमा संकलित कुल निक्षेप र प्रवाहित कुल कर्जाबीच करिब १ खर्ब ९३ अर्ब ९५ करोड रुपैयाँको अन्तर छ। जिल्लागत रूपमा हेर्दा रुपन्देही बैंकिङ कारोबारको प्रमुख केन्द्रका रूपमा देखिएको छ। २०८३ असार मसान्तसम्म रुपन्देहीका बैंक तथा वित्तीय संस्थाले ३ खर्ब २१ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो प्रदेशभर संकलित कुल निक्षेपको करिब ४०.६ प्रतिशत हो। त्यस्तै, रुकुम (पूर्व) मा सबैभन्दा कम ३ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ। कर्जा प्रवाहमा पनि रुपन्देही नै अगाडि छ। प्रतिवेदनअनुसार रुपन्देहीका बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म ३ खर्ब २७ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसको विपरीत रुकुम (पूर्व) मा सबैभन्दा कम १ अर्ब ५५ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। शाखा संख्या घट्यो, निष्क्रिय कर्जा बढ्यो लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या घटेको छ। ‘घ’ वर्गका वित्तीय संस्थासमेत समेट्दा २०८३ असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाका २ हजार ७४ शाखा सञ्चालनमा छन्। अघिल्लो वर्षको तुलनामा शाखा संख्या ३.४ प्रतिशतले घटेको हो। यस अवधिमा निक्षेपकर्ता र ऋणीको संख्या भने बढेको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताको संख्या ३.७० प्रतिशतले वृद्धि भई ९७ लाख ७७ हजार ७४६ पुगेको छ। त्यस्तै, ऋणीको संख्या ३.१८ प्रतिशतले बढेर २ लाख ९९ हजार ४१३ पुगेको छ। तर, बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको प्रतिवेदनले देखाएको छ। २०८३ असार मसान्तमा प्रदेशका बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ७.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ५.९८ प्रतिशत थियो। यसअनुसार एक वर्षमा निष्क्रिय कर्जाको अनुपात १.२६ प्रतिशत बिन्दुले बढेको छ। निक्षेप र ऋणीको संख्या बढिरहेका बेला निष्क्रिय कर्जा अनुपातमा भएको वृद्धिले बैंक तथा वित्तीय संस्थाको कर्जा असुली तथा कर्जाको गुणस्तरसम्बन्धी चुनौतीलाई उजागर गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रातोपाटी
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
ताजा खबरJust now

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

रातोपाटी
हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
ताजा खबरJust now

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’

आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

नेपालखबर
फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play