Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि

काठमाडौं । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटक संख्या २४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीको सम्पन्न २३ औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी गराउनुभएको हो । उहाँका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ । भारतको उत्तर प्रदेशसहित दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशसम्मका पर्यटकले केबलकारमार्फत पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढेको ढकालले बताउनुभयो । भारतीय पर्यटक आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकलाई विशेष व्यवस्था र भारतीय भ्लगरहरूमार्फत प्रवर्द्धनलाई तीव्र बनाइएको कम्पनीले जनाएको छ । त्यसैगरी केबलकारको टप स्टेसन (वसन्तपुर) मा पाँचतारेस्तरको क्यासिनोसहितको होटल निर्माण प्रक्रिया अगाडि बढाइएको छ । होटलको नक्सापास अन्तिम चरणमा पुगेको र आवश्यक खानेपानी आपूर्तिको व्यवस्थापन आंशिक रूपमा सम्पन्न भइसकेको अध्यक्ष ढकालले बताउनुभयो । आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडलगायतका मनोरञ्जनात्मक पूर्वाधार थप गर्ने योजना कम्पनीको छ । बजार प्रवर्द्धनका लागि बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था, ४५ भन्दा बढी शिक्षण संस्था, भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष तथा शंकरनगर वन विहारसँग सहकार्य तथा टिकट छुट सम्झौता गरिएको छ । विश्व भूराजनीति र बजार मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण र मितव्ययिता कायम गर्दै आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत कम्पनीले योगदान पुर्‍याइरहेको जानकारी सो अवसरमा दिइयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै
ताजा खबरJust now

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै

काठमाडौं । सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको छ । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ छिटोछरितो बनाउन एक थानभन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेञ्च) गठन गरी सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएसँगै सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको हो । सहकारीसम्बन्धी मुद्दाको संख्या एक सयभन्दा बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्ने र त्यसभन्दा कम मुद्दा ...

हिमालय टाइम्स
अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
ताजा खबरJust now

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो ... ...

नेपालखबर
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
ताजा खबरJust now

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतक... ...

गोरखापत्र
भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम
ताजा खबरJust now

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम

काठमाडौं । बंगालको खाडीबाट विकसित भएर आएको ‘अर्नब’ चक्रवातले छिमेकी देश भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बीचमा तटमा ठोक्किएको यस भीषण चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको तीव्र गतिमा हावा चलेको थियो । यसको असर भारतका एक दर्जनभन्दा बढी राज्यहरूमा फैलिसकेको छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play