लियोनलाई हराएर पीएसजी शीर्षमा

काठमाडौं । मिक गोडट्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) आएयता गरेको पहिलो गोलको मदतले युरोपेली च्याम्पियन सोमबार लियोनमाथि २–० को जित रच्दै फ्रान्सेल लिग वानको शीर्ष स्थानमा उक्लेको छ । आयाक्सबाट पीएसजी आएका बेल्जियमका २१ वर्षीय खेलाडी गोड्टसकै पासमा सेनी मायुलुले पहिलो गोल गरे । सबै प्रतियोगितामा गरेर पीएसजीको यो लगातार आठौं जित हो । यससँगै क्लबले शीर्ष स्थानमा एक अंकको अग्रता लिएको छ । पीएसजीको आठ खेलबाट १७ अंक भएको छ भने रेनेस १६ अंकमा दोस्रो स्थानमा छ । चोटग्रस्ट खेलाडीको समस्याबाट गुज्रिरहेको पीएसजीका लागि यो जित राहतले भरिएको रहनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पूर्व एफबीआई निर्देशक जेम्स कोमीमाथि तेस्रोपटक आपराधिक आरोप
अमेरिका । अमेरिकी न्याय विभागले पूर्व संघीय अनुसन्धान ब्युरो (एफबीआई) निर्देशक जेम्स कोमीमाथि तेस्रोपटक आपराधिक आरोप लगाएको छ। सन् २०१६ मा एफबीआई निर्देशक रहेका बेला राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील सूचना पत्रकारलाई चुहाएको... ...

दसैँ मनाएर फेरि कालापहाडतिरै
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १० गते । दैलेखको दुल्लु नगरपालिका–१० का धर्म नेपाली दसैँ मनाउन घर आउनुभयो । उहाँ आफू मात्र होइन उहाँको परिवारसहित १२ जना आफन्त पनि सँगै ल्याउनुभय... ...

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् महिला बालोन डी’ओर
काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्। पुटेलासले यसअघि सन् २०२१ ...

सकियो दसैँ, सुनसान गाउँघर
गणेश खनाल अर्घाखाँची, कात्तिक १० गते । दसैँमा परिवार र आफन्तसँग खुसी साटासाट गर्न जन्मथलो फर्किएका यहाँका अधिकांश व्यक्ति कर्मथलोतर्फ फर्कन थालेका छन् । रोजगारी, अध्ययन र व्यवसायका... ...


