स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् महिला बालोन डी’ओर

काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्। पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा लगातार बालोन डी’ओर जितेकी थिइन्। बोनमतीले भने २०२३, २०२४ र २०२५ मा यो अवार्ड जितेकी थिइन्। पछिल्ला ६ वर्षदेखि महिला बालोन डी’ओर स्पेनका खेलाडीले जित्दै आएका छन्। सन् २०१८ मा नर्वेकी आडा हेगरबर्ग र २०१९ मा अमेरिकाकी मेगन रापिनोले यो अवार्ड जितेका थिए। सन् २०२२ मा घुँडाको एसीएल चोटका कारण लामो समय मैदानबाहिर रहेकी पुटेलासको यो जितलाई विश्व फुटबलको शीर्ष स्तरमा उनको पुनरागमनका रूपमा हेरिएको छ। अवार्ड पाएपछि पुटेलासले विश्वभरका बालबालिकालाई आफूलाई मन पर्ने खेल खेल्न र आफ्नो क्षमतामा विश्वास गर्न आग्रह गरिन्। उनले फुटबल खेल्न केटा वा केटी हुनु, कहाँबाट आएको हुनु वा अरूले के भन्छन् भन्ने कुराले फरक नपर्ने बताइन्। फिफा वरीयताका शीर्ष ५० देशका अन्तर्राष्ट्रिय पत्रकारहरूको मतका आधारमा पुटेलासले सर्वाधिक मत प्राप्त गरेकी थिइन्। बार्सिलोनाकी स्ट्राइकर एवा पाजोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खदिजा शा तेस्रो स्थानमा रहे। यसैबीच, पुरुषतर्फ इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर जितेका छन्। उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आहा हिमश्रृङ्खला (फोटो फिचर)
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) कात्तिक १० गते । धनकुटाको पाख्रीबासस्थित राम्चेडाँडाबाट मनमोहक हिमश्रृङ्खला देखिएको छ । पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीय स्थलका रुपमा चिनिने पा... ...

असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन दुई हजार ४१६ ले बढेको हो । आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकबाट १२ हजार ६४५ र अन्य देशबाट २० […] ...

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !
विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो । परम्परागत राजनीतिक... ...

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा... ...


