लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने

ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् । उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो । चक्रपथमा सडक वारपार गर्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले उक्त संरचना निर्माण गरेको उनले बताइन् । ‘यो अपाङ्गतामैत्री लिफ्टसहितको पुल हो । यहाँ धेरै मानिसले सडक वारपार गर्नुपर्ने भए पनि सहज र सुरक्षित व्यवस्था नहुँदा दुर्घटनासमेत हुने गरेको थियो । त्यसलाई सम्बोधन गर्न महानगरपालिकाले यो पुल निर्माण गरेको हो,’ उनले भनिन् । उनका अनुसार पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । लिफ्ट प्रयोग गर्न सम्बन्धित बटन थिचेपछि आवश्यक दिशातर्फ जान सकिने प्रणाली जडान गरिएको छ । यसले विशेषगरी सिँढी चढ्न कठिनाइ हुने व्यक्तिलाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ । लुईटेलले पुलमा लिफ्टका साथै स्तनपान कक्ष र कफी सपसमेत रहने जानकारी दिइन् । आधुनिक सुविधासहित निर्माण भइरहेको उक्त पुल नेपालमै फरक प्रकृतिको संरचना हुने उनको दाबी छ । पुल निर्माणको काम निर्धारित समयभन्दा केही ढिलो भएको उनले बताइन् । निर्माणका लागि आवश्यक सामग्री समयमा उपलब्ध हुन नसक्दा काम लम्बिएको उनको भनाइ छ । उनले भनिन्, ‘दुई वर्षअघि यसको शिलान्यास भएको हो । पहिले नै सम्पन्न गर्ने भनिएको थियो, तर आवश्यक सामग्री नआइपुगेका कारण केही ढिलाइ भयो । अहिले भने तीव्र गतिमा काम भइरहेको छ ।’ पुल सञ्चालनमा आएपछि कुसुन्ती हाइट तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रीलाई चक्रपथ वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि लिफ्टको सुविधा उपयोगी हुने देखिन्छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलको लोभलाग्दो उडान
तेस्रो संस्करणमा आइपुग्दा नेपाल प्रिमियर लिग (एनपीएल) विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ । ...

असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ ...

गोला मुक्सार–लालपुर सडकको बजेट कटौती, ७० लाखमा टेन्डरको तयारी
८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको एक करोड रुपैयाँमध्ये ३० लाख कटौती भएपछि अब ७० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढाइने भएको छ… ...

ट्राफिक प्रहरीद्वारा ५ हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा ५ हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यालयले […] ...


