लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । नेपालमै पहिलो पटक ललितपुर महानगरपालीकाले लिफ्टसहितको आधुनिक आकाशे पुल निर्माण गरिरहेको छ । महानगरपालिकाले पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्ने र शारीरिक रूपमा अशक्त व्यक्ति, बालबालिकासहित सबै नागरिकलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले लिफ्टसहितको आधुनिक आकाशे पुल निर्माण गरिरहेको हो । ललितपुर महानगरपालिका–१३ स्थित कुसुन्ती हाइटको चक्रपथ क्षेत्रमा निर्माण भइरहेको उक्त पुल अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यद्यपि, सञ्चालन तथा उद्घाटनको निश्चित मिति भने सार्वजनिक भइसकेको छैन । करिब ४ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल परम्परागत आकाशे पुलभन्दा फरक छ । पुलको दुवैतर्फ लिफ्टको व्यवस्था गरिने भएकाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, बालबालिका तथा सिँढी चढ्न कठिनाइ हुने अन्य व्यक्तिलाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएपछि व्यस्त सडकमा जथाभावी बाटो काट्नुपर्ने बाध्यता हट्नुका साथै र सडक सुरक्षामा सुधार आउने महानगरको अपेक्षा छ । तस्बिरः सरिता चौधरी The post लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुदूरपश्चिम रोयल्ससँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। ...

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
काठमाडाैँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन ...

खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री
काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे। खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना ...

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। खेल ५ बजे सुरु हुँदै छ। ...


