Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढे

Share:WhatsAppFacebookX (Twitter)Telegram
लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढे
Photo / Coverage: नेपालन्युज

रसुवा।भोटेकोशी बाढीपछि लामो समय सुनसान जस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। गत भदौ १० गतेको बाढीका कारण करिब दुई महिना ठप्प जस्तै रहेका सडक तथा पदमार्गको सुधारसँगै यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कन लागेको हो। लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीका कारण दुई महिनासम्म पर्यटकीय गतिविधि पूर्ण रूपमा प्रभावित भएकामा वेत्रावतीमा बेलिब्रिज निर्माण भई सडक सञ्जाल पुनः जोडिएपछि पर्यटकको आगमन विस्तारै वृद्धि हुन थालेको छ। पर्यटन तथा होटल व्यवसायी संघ रसुवाका अध्यक्ष विशाल घलेका अनुसार अहिले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउनेजाने क्रम उत्साहजनक रूपमा सुरु भएको छ। बाढीले केही समय पदमार्ग र सडकमा अवरोध पुर्‍याए पनि हाल मार्ग सहज तुल्याइएकाले पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ लागिरहेका छन्। गोसाइँकुण्ड मार्गमा होटल सञ्चालन गरिरहेका व्यवसायी पासाङ ध्युमीले बाटो खुलेपछि धार्मिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण मानिने गोसाइँकुण्ड पुग्ने पर्यटकको चहलपहलले व्यवसायीमा ठूलो आशा जगाएको प्रतिक्रिया दिए। त्यस क्षेत्रको अवलोकन भ्रमणमा पुगेका पर्यटकले अरूबाट सुनेको भन्दा आफै यहाँ आइपुग्दा निकै रमाइलो र सुरक्षित लागेको प्रतिक्रिया दिएका छन्। लाङटाङ घुम्न गएका नुवाकोट, नर्जाका शारदा खनाल र उनका छोराले बाटो सहज रहेको बताए। उनीहरूले भने, “बाढीका कारण बाटो अप्ठ्यारो होला कि भन्ने डर थियो, तर बाटो सहजै रहेछ। हामीले ढुक्कसँग प्रकृतिसँग रमाएर यात्रा पूरा गर्‍यौं ।” लाङटाङका स्थानीय होटल व्यवसायी निमा लामाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरू विस्तारै आउन थालेकामा खुसी व्यक्त गरे। लामो समयको अन्तरालपछि पर्यटक देखिन थालेकाले अबका दिनमा आफ्नो व्यवसाय पनि चलायमान हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे । शरद ऋतुको पर्यटकीय याम सुरु भएको तथा मौसममा आएको सुधारसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा पर्यटक भित्रिने क्रम बढेको छ।मानव बस्ती नजिकै रहेको हिमनदी र लाङटाङको क्याङजेन क्षेत्रको मनोरम दृश्यले त्यहाँ अवलोकन गर्न पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरिरहेको छ। त्यस क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यवसायीमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायी डिण्डुप तामाङको भनाइ छ। पछिल्लो समय त्यस क्षेत्रको पदयात्रा नवयुवा पुस्ताको आकर्षणको केन्द्र बनिरहेको छ। संघका अनुसार हाल दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक गोसाइँकुण्ड र लाङटाङ पुग्ने क्रम बढदो छ। क्यान्जिन क्षेत्रका होटल व्यवसायी ग्याल्बु तामाङका अनुसार केही समयको सुस्ताएको पदमार्ग सुरक्षित भएसँगै रसुवाको पर्यटन उद्योगले नयाँ गति लिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सामा अवैध रुपमा  भित्र्याइएका पटाका तथा विस्फोटक पदार्थ नष्ट
Latest NewsJust now

पर्सामा अवैध रुपमा  भित्र्याइएका पटाका तथा विस्फोटक पदार्थ नष्ट

पर्सा । अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ पर्सा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले विभिन्न मिति... ...

रातोपाटी
भारतीय विदेश सचिवको भ्रमण : तोडियो राजनीतिक भेटघाटको परम्परा
Latest NewsJust now

भारतीय विदेश सचिवको भ्रमण : तोडियो राजनीतिक भेटघाटको परम्परा

काठमाडौँ । विगतमा भारतबाट कुनै उच्चस्तरीय भ्रमण हुँदा राजनीतिक दलका नेताहरू लाइन लागेर भेट्न जान्थे । पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री, पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरू भारतीय प्रतिनिधिमण्डल (डेलिगेट्स) बसेकै होटलमा पुग्थे । कतिपय अवस्थामा... ...

रातोपाटी
स्वास्थ्य मन्त्री मेहतासँग जापानी राजदूत तोरुको भेट
Latest NewsJust now

स्वास्थ्य मन्त्री मेहतासँग जापानी राजदूत तोरुको भेट

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानका राजदूत माएदा तोरुलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ । भेटमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, […] ...

काठमाण्डुपाटी
सम्पत्ति छानबिनमा दोषी देखिए राजनीति छाडेर भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन
Latest NewsJust now

सम्पत्ति छानबिनमा दोषी देखिए राजनीति छाडेर भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई पुनः चुनौती दिनुभएको छ । सम्पत्ति छानबिनका क्रममा भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाडेर विपक्षीको घरमा भाँडा माझ्नसमेत तयार रहेको उहाँले बताउनुभएको छ । बुधबार राप्रपा काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने बताउनुभयो । उहाँले संसद्मा प्रतिनिधित्व ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play