Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सम्पत्ति छानबिनमा दोषी देखिए राजनीति छाडेर भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्पत्ति छानबिनमा दोषी देखिए राजनीति छाडेर भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई पुनः चुनौती दिनुभएको छ । सम्पत्ति छानबिनका क्रममा भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाडेर विपक्षीको घरमा भाँडा माझ्नसमेत तयार रहेको उहाँले बताउनुभएको छ । बुधबार राप्रपा काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने बताउनुभयो । उहाँले संसद्मा प्रतिनिधित्व गरेदेखि नै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराउनुभयो । सबैभन्दा पहिले आफ्नै सम्पत्ति छानबिन गर्नुपर्ने माग आफूले निरन्तर राख्दै आएको उहाँको भनाइ थियो । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिएकोप्रति प्रश्न उठाउँदै लिङ्देनले आफूले स्वेच्छाले सम्पत्ति विवरण बुझाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्बाटै निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु ।’ आफू सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी रहेको दाबी गर्दै उहाँले राप्रपा पनि भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । यसैगरी, पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै अध्यक्ष लिङ्देनले नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन सहमतिका आधारमा गर्नुपर्ने र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्ने धारणा राख्नुभयो । महाधिवेशनमा नेतृत्वका आकांक्षीहरूले व्यक्तिगत स्वार्थका लागि एकअर्काको मानमर्दन गर्ने तथा पार्टीको मनोबल कमजोर बनाउने गतिविधि गर्न नहुने उहाँको भनाइ थियो । ‘अब हाम्रो मुख्य लक्ष्य पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेतृत्व चयन सहमतिबाट हुन सके राम्रो हुन्छ, नभए स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ’, उहाँले भन्नुभयो । पार्टीको एकता, प्रतिष्ठा र हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले आगामी दिनमा राप्रपाले भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुखताका साथ उठाउने बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक
Latest NewsJust now

नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक

विराटनगरमा एक्स्पोको तयारी शुरु भएको छ। आगामी पुस २ देखि ११ गतेसम्म नवौँ संस्करणको ‘विराट एक्स्पो २०२६’ आयोजना हुन लागेको हो। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने सो एक्स्पोको औपचारिक घोषणा गर्दै उद्योग संगठन मोरङले बुधवार थिम, मस्कट र अवधारणा सार्वजनिक गरेको हो। ‘द इकोसिस्टम अफ अपर्चुनिटिज’ थिमका साथ आयोजना गर्न ल... ...

नेपालखबर
तिहारका लागि १,५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेंसी झारिए
Latest NewsJust now

तिहारका लागि १,५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेंसी झारिए

मुस्ताङ।तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेंसी झारिएका छन्। उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेंसीतर्फ झारिएको हो। यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बेंसी झारिएको बताएका छन्। कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी ...

नेपालन्युज
पाँच कर्मचारीलाई फलेवासको स्पष्टीकरण
Latest NewsJust now

पाँच कर्मचारीलाई फलेवासको स्पष्टीकरण

साजन परियारपर्वत, कात्तिक १८ गते । पर्वतको फलेवास नगरपालिकाले राजनीतिक दलमा आबद्ध कर्मचारीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । राजनीतिक दलका विभिन्न तहका पदमा जिम्मेवारी... ...

गोरखापत्र
रोजगारीको बहानामा किशोरीमाथि शोषण
Latest NewsJust now

रोजगारीको बहानामा किशोरीमाथि शोषण

विराटनगर। विराटनगर-१३, मलाया रोड। सीमावर्ती क्षेत्रनजिकै रहेको यो बस्तीमा केही दिनयता एउटा घर र त्यससँग जोडिएको होटलमा अस्वाभाविक चहलपहल बढेको थियो। बाहिरबाट हेर्दा सामान्य देखिने होटलको पछाडि टिनले छाएको पुरानो घर थियो। स्थानीय रामनारायण साह रौनियारको स्वामित्वमा रहेको त्यही घरभित्र नेपाली किशोरीहरूलाई बन्धक बनाएर जबरजस्ती यौनधन्दामा लगाइएको घटना बाहिर आयो। पहाडी जिल्लाबाट राम्रो रोजगारी र भविष्यको सपना बोकेर विराटनगर आएका किशोरीहरूका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play