काठमाडौं । नेपालमा विभिन्न क्षेत्रमा बिचौलियाको प्रभाव र गतिविधिबारे बहस चलिरहेका बेला लोकप्रिय गायिका एलिना चौहानले कलाकारिता क्षेत्रभित्र रहेका बिचौलियालाई पनि हटाउनुपर्ने धारणा सार्वजनिक गरेकी छन् । उनले कलाकारको नाम र लोकप्रियता प्रयोग गरेर कमिसन खाने तथा कलाकार र कार्यक्रम आयोजकबीच बसेर अनुचित आर्थिक लाभ लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चौहानले देशमा बिचौलिया हटाउने अभियान चलिरहेका बेला कलाकारिता क्षेत्रभित्र रहेका बिचौलियाको पनि पहिचान गरी कारबाही गर्नुपर्ने आवश्यकता औँल्याएकी हुन् । उनले लेखेकी छन्, ‘कलाकारको नाम बेचेर कमिसन खाने र बीचमा बसेर फाइदा लुट्नेहरूलाई पनि चिन्ने र कारबाही गर्ने समय आएको छ । देशमा बिचौलिया हटाउने अभियान चल्दै गर्दा कलाकारिताभित्रका बिचौलियाहरू पनि सफा हुनुपर्छ ।’ एलिनाको यो अभिव्यक्तिसँगै मनोरञ्जन क्षेत्रमा कलाकार र कार्यक्रम आयोजकबीच हुने आर्थिक कारोबार तथा त्यसमा तेस्रो पक्षको भूमिकाबारे पुनः बहस सुरु भएको छ ।
‘कलाकारिताभित्रका बिचौलिया पनि सफा हुनुपर्छ’ : एलिना चौहान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






