र्यापर निकी मिनाज ह्वाइट हाउसकी प्रेस सचिव बन्ने चर्चा

काठमाडौं । अमेरिकी र्यापर निकी मिनाज ह्वाइट हाउसको प्रेस सचिव बन्न सक्ने चर्चा सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मिनाजको नाम सम्भावित प्रेस सचिवका रूपमा चर्चामा आएपछि अमेरिकी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसबारे बहस हुन थालेको हो । यद्यपि, उनलाई उक्त पदमा नियुक्त गर्ने औपचारिक घोषणा भने भएको छैन । मिनाज हालै ट्रम्पसँग एयर फोर्स वनमा यात्रा गर्दै मिशिगनको पोर्ट ह्युरोनमा आयोजित कार्यक्रममा सहभागी भएकी थिइन् । यात्राका क्रममा उनले ट्रम्पको प्रशासन र उपलब्धिबारे प्रश्नहरूको जवाफ दिँदै पत्रकार सम्मेलनमा प्रेस सचिवले गर्ने शैलीमा नक्कली अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको थियो । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन च्युङले उक्त भिडियो सामाजिक सञ्जाल एक्समा साझा गर्दै लेखेका थिए, ‘मलाई लाग्छ, हामीले नयाँ ह्वाइट हाउस प्रेस सचिव भेट्टायौँ !’ उनको यो टिप्पणीले मिनाज प्रेस सचिव बन्न सक्ने चर्चालाई थप बल पुर्याएको हो । ट्रम्पले पनि सार्वजनिक कार्यक्रममा मिनाजको प्रशंसा गरेका थिए । मिनाजले आफूलाई ट्रम्पको ‘नम्बर वान फ्यान’ बताउँदै आएकी छन् । उनले ट्रम्पको युवा पुस्ताका लागि ल्याइएको वित्तीय योजनालाई समर्थन गर्दै त्यसमा लगानी गर्ने घोषणा पनि गरेकी थिइन् । ह्वाइट हाउसको प्रेस सचिव पदमा पछिल्लो समय छोटो अवधिमै फेरबदल भइरहेको छ । यसअघि केटी जकारियाले अक्टोबरमा पाँच दिनमै पद छाडेकी थिइन् भने क्यारोलिन लेभिटले अगस्टमा पद छाडेकी थिइन् । त्यसपछि उक्त पदका लागि मिनाजको नाम चर्चामा आएको हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ। मन्त्रालयका... ...
अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार
काठमाडाैँ। अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार गरेको छ। प्रान्तीय प्रहरी प्रवक्ता मावलवी गुल मोहम्मद कुद्रतले बिहीबार दिएको जानकारीअनुसार ती व्यक्तिलाई बुधबार उद्धार गरिएको हो। संदिग्ध... ...

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टपहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २०,३६,१९१ वटा भिडियो हटाएको छ। ...

खोलामा डुबेका पुरुषको मृत्यु
घोराही समाचारदाताघोराही, कात्तिक १२ गते । दाङमा एक जना पुरुषको खोलामा डुबेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कटुवाखोलामा डुबेका घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण ट... ...


