टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टपहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २०,३६,१९१ वटा भिडियो हटाएको छ। यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४% हो। प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ % रहेको छ। त्यस्तै, गाइडलाइन्स उल्लङ्घन गरेका ९२.३% भिडियो २४ घण्टाभित्र हटाइएका छन्। थप समीक्षा गरेपछि ३३,५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन्। टिकटकले विश्वव्यापी रूपमा १८८,२९८,१४१ वटा भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ % हो। तीमध्ये१८३,३४४,७०७वटा भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोगबाट हटाइएका हुन्। विश्वव्यापी रूपमा प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै कन्टेन्पहिचान गरी हटाउने दर ९९.५% रहेको छ भने ९२.७% भिडियो २४ घण्टाभित्र हटाइएका छन्। समीक्षा गरेपछि कुल ६,२६२ ,३८३वटा भिडियो पुनःस्थापना गरिएका छन्। टिकटकले प्रयोगकर्ताएकाउन्टको स्तरमा पनि प्लेटफर्मको विश्वसनीयता कायम राख्न निरन्तर काम गरेको छ। यस अवधिमा१४६,८०७,४०० वटा फेक एकाउन्ट हटाइएको छ। यसका अतिरिक्त, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशङ्का गरिएका २६,८४०,७६७वटा एकाउन्टपनि हटाइएका छन्। कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७८,३८४,४६३ वटा कमेन्टसमेत हटाइएको छ। टिकटकले लाइभ फिचरमा हुने गतिविधिको निगरानी र नियम कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको छ। प्रकाशित सामग्रीमध्ये २.४ % लाइभ कन्टेन्ट निलम्बन गरिएको छ। नियम उल्लङ्घनको कारबाहीस्वरूप टिकटकले ७६,७२१,०९३वटा लाइभ सेसन र२६,७८१,१३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको छ। समीक्षा गरेपछि २,३९८,८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका छन्। यी नतिजाले ठूलो परिमाणमा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न अटोमेटेड मोडरेसन सिस्टमको भूमिका बढ्दै गएको देखाउँछन्। क्रिएटर र कम्युनिटीका लागि सुरक्षित तथा सकारात्मक वातावरण कायम राख्न टिकटकले यस्ता प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। टिकटकले नियमित रूपमाकम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टसार्वजनिक गर्दै आएको छ। यसले कम्पनीको पारदर्शिताप्रतिको प्रतिबद्धता झल्काउँछ। सन् २०२६ को दोस्रो त्रैमासिकको रिपोर्ट, टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स तथा पोलिसीबारे थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटकको Transparency Centre मा जान सकिन्छ। The post टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
_3MeMKkJ8Mc.webp)
शनिबारसम्म सतर्कतापूर्वक सवारी सञ्चालन गर्न महासङ्घको आग्रह
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सुरक्षित र सतर्कतापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। अर्वन चक्रवात प्रभावका कारण मौसममा आउन सक्ने बदलाब र सम्भावित प्राकृतिक विपद्लाई... ...

थाइल्यान्डमा ‘सगरमाथादेखि समुद्रसम्म’ क्षेत्रीय संवाद गरेर नेपालले बतायो विपदको वितण्डा
नेपाल सरकार, नेपाली राजदूतावास बैंकक र संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) को संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवाद सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्रमा आयोजित संवादमा हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्का जोखिम, तिनको सीमापार प्रभा... ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्ने जिम्मा कार्यवाहक मुख्यसचिवलाई
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको नाम अद्यावधिक गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको... ...

चीनको सुन सञ्चय अभियान: अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक प्रयास
डलर निर्भरता विरुद्ध रणनीतिक हेज ...


