रोनाल्डोलाई निलम्बनसँगै २८६ डलर जरिवाना

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि राष्ट्रिय टोली छाडेको आरोपमा पोर्चुगाली फुटबल संघले एक महिनाको निलम्बन सजाय तोकेको छ । संघले उनलाई २८६ डलर जरिवाना गर्ने निर्णयसमेत गरेको छ । यूईएफए नेसन्स कप चलिरहेका बेला सेप्टेम्बर ३० मा रोनाल्डोले टोली छाडेका थिए । प्रशिक्षक जोर्गे जेससले आफूलाई खेलाउने प्रतिबद्धता पूरा नगरेको भन्दै उनले असन्तुष्टि जनाएका थिए । सेप्टेम्बर २७ मा नर्वेविरुद्धको खेलमा वार्मअप गरे पनि प्रशिक्षकले उनलाई मैदानमा उतारेका थिएनन् । त्यसपछि रोनाल्डोले प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि ...
Read Complete Original Article
Published originally on फरकधार
Related News
बेनी-जोमसोम-कोरला सडकमा ५० ठाउँमा पहिरो, १० ठाउँमा कटान
हालैको मनसुनजन्य विपद्का कारण बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँसम्म आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि पहिरो, कालीगण्डकी नदीको बाढी र कटानले सडकमा ठूलो क्षति पुर्‍याएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार ...

तीन महिनापछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालनमा
नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो । किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा ...

आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
नेपालीको महान चाड बडादसैँअन्तर्गत महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ । यस दिन नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको पूजा गर्नुका साथै कन्यालाई देवीका रूपमा पूजा गरी दक्षिणा दिने चलन छ । महानवमीका अवसरमा देशभरका देवी ...


