बेनी-जोमसोम-कोरला सडकमा ५० ठाउँमा पहिरो, १० ठाउँमा कटान
हालैको मनसुनजन्य विपद्का कारण बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँसम्म आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि पहिरो, कालीगण्डकी नदीको बाढी र कटानले सडकमा ठूलो क्षति पुर्‍याएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार बाढीले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ भने ५० स्थानमा पहिरो गएको छ । प्रारम्भिक म...
Read Complete Original Article
Published originally on फरकधार
Related News

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि करोडौँ राजस्व
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले बर्सेनि करोडौं रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षमा उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० ...

एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डिआरएस समावेश गर्ने जनाएको हो । क्यानका अनुसार एलबीडब्लु निर्णयको पुनरावलोकनका लागि फूल थ्रीडी बल ट्रयाकिङ प्रविधि प्रयोग हुनेछ । त्यस्तै, रनआउट र स्टम्पिङका निर्णयमा पनि रिभ्यू लिन सकिनेछ । डिआरएसले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा ...

भ्रमपूर्ण हल्लाको पछि नलाग्नु, बुधबार यथासमयमा देवी विसर्जन गरी टीका लगाउनु : पञ्चाङ्ग निर्णायक समिति
काठमाडौं, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सामाजिक सञ्जालमा सनातनी धार्मिक समाजमा भ्रम फैलाउने खालका विषय सम्प्रेषण भइरहेको भन्दै त्यस्ता भ्रमपूर्ण कुरा र हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। समितिले स्वीकृत पञ्चाङ्ग र पूर्वप्रकाशित तालिकाअनुसार नै महानवमी तथा विजयादशमी पर्व मनाउन अनुरोध गरेको हो। समितिले जारी गरेको सूचनाअनुसार २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमी पर्व मनाउन तथा कात्तिक ...


