रुसी इन्धनमाथिको प्रतिबन्ध फुकुवा र डिजेल सम्झौतापछि अमेरिका-युक्रेन सम्बन्ध इतिहासकै कमजोर मोडमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको सम्बन्धमा आएको खटासका कारण युक्रेनलाई प्राप्त हुँदै आएको महत्त्वपूर्ण अमेरिकी सहयोग जोखिममा परेको छ । गुप्तचर सूचना आदानप्रदान रोक्ने अमेरिकी चेतावनी, रुसी निर्यातमा महसुल छुट र रुसी डिजेल खरिदको सम्झौताले किभ र उसको सबैभन्दा प्रमुख सहयोगी वासिङ्टनबीचको सम्बन्धमा ठूलो क्षति पुर्याएको छ । अमेरिकामा इन्धनको मूल्य वृद्धि भएपछि असन्तुष्ट बनेका ट्रम्पले यसको दोष रुसी रिफाइनरीहरूमा युक्रेनले गरेको आक्रमणलाई दिएका छन् । आउँदो नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अमेरिकी कंग्रेसमा बहुमत गुमाउन सक्ने विश्लेषण भइरहेका बेला इन्धनको मूल्य ट्रम्पका लागि राजनीतिक टाउकोदुखाइ बनेको छ । विशेषज्ञहरूका अनुसार इन्धनको मूल्य वृद्धि मुख्यतया अमेरिका-इजरायल र इरानबीचको युद्ध तथा होर्मुज जलडमरूमध्य बन्द भएका कारण भएको हो। यद्यपि, ट्रम्पले मूल्य नियन्त्रण गर्न रुसतर्फ कदम बढाउँदै अक्टोबर ९ मा रुसी डिजेल आयात गर्ने र अस्थायी रूपमा प्रतिबन्ध हटाउने सम्झौता गरेका थिए । यसै क्रममा शुक्रबार ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमार्फत ट्रम्पले ‘ग्राहम ऐन’ अन्तर्गत लागू हुन लागेका रुससम्बन्धी प्रमुख प्रतिबन्ध र महसुलहरूलाई फुकुवा गरिदिएका छन् । यस निर्णयले रुसलाई युक्रेनमाथि थप आक्रमण जारी राख्न प्रोत्साहन मिल्ने भन्दै जेलेन्स्कीले कडा आपत्ति जनाएका छन् । अमेरिकी गुप्तचर सूचनाको अभावमा युक्रेनलाई रुसी मिसाइल तथा ड्रोन आक्रमणहरू पहिचान गर्न र तिनको सामना गर्न कठिन हुने देखिएको छ । युक्रेनी कमाण्डरहरूलाई गुप्तचर सहयोग कटौती हुन सक्ने चेतावनी दिइएको जेलेन्स्कीले बताएका छन् । यसैबीच, ह्वाइट हाउसको आदेशमा युक्रेनमा प्रयोग भइरहेको स्पेसएक्सको ‘स्टारसिल्ड’ (स्टारलिंकको सैन्य संस्करण) भूउपग्रह सेवामा अवरोध पुर्याइएको खबर सार्वजनिक भएको छ । उक्त सेवा आंशिक रूपमा पुन: सञ्चालन भए पनि यसले अमेरिकी प्रविधिमा युक्रेनको निर्भरता कति जोखिमपूर्ण छ भन्ने उजागर गरेको छ । तनावका बाबजुद युक्रेनले ट्रम्पका दूतहरू स्टिभ विट्कफ र जारेड कुश्नरसँग संवाद जारी राख्न चाहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । वासिङ्टनस्थित युक्रेनी दूतावासका कार्यवाहक राजदूत डेनिस सिएनिकले युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प टोलीको प्रयासप्रति आभार व्यक्त गर्दै रुससँग वार्ता गर्न तयार रहेको जनाएका छन् । अर्कोतर्फ, ट्रम्पले आफू जेलेन्स्की र पुटिन दुवैसँग संवाद जारी राख्ने र युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । पूर्व अमेरिकी कूटनीतिज्ञ ड्यानियल फ्राइडका अनुसार वासिङ्टनको यो कदमले युक्रेनमा वास्तविक पीडा थपेको छ र पुटिनलाई युद्ध लम्ब्याउन प्रोत्साहन दिएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
काठमाडाैँ । बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण... ...

काठमाडौं उपत्यकामा पातलिँदै सडक, दशैं मनाउन गाउँ फर्किने बढे
• बडादशैंको अवसरमा काठमाडौं छाडेर गाउँ फर्कने यात्रुको संख्या बढ्दै, जसले सवारी चापमा कमी ल्याएको छ। • काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रु उपत्यका छाडेका छन्। • सार्वजनिक यातायातको चाप घट्दै, मध्यम र लामो दूरीका सवारीसाधनले रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन्। ...

महाअष्टमीमा राजदेवी मन्दिरमा खोँइछ भर्ने भक्तजनको घुइँचो (फोटो फिचर)
जनकपुरधाम।महाअष्टमीका अवसरमा मिथिलाञ्चलका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। जनकपुरधामस्थित राजदेवी मन्दिरसहित रामानन्द चोक, पिडरीयामाई स्थानलगायतका शक्तिपीठमा खोँइछ भर्न महिला श्रद्धालुको लामो लाइन लागेको छ। महिलाहरूले देवीलाई खोँइछ भर्ने र पुरुषहरूले प्रसाद चढाउने परम्परा छ। कतिपय शक्तिपीठमा निशा पूजा राति हुने भएकाले बिहान खोँइछ भर्ने गरिन्छ भने अधिकांशमा बिहानैदेखि यो क्रम जारी छ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिला ...

मोटरसाइकल दुर्घटनामा ७० वर्षीया वृद्धाको मृत्यु, दुई घाइते
रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परी ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते छन् । ...


