रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति

किएभ।रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस पटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्व चेतावनी नपाएको बताएका छन्। जेलेन्स्कीका अनुसार, रुसी आक्रमणबाट देशभरका १० भन्दा बढी ऊर्जा संरचनामा क्षति पुगेको छ। पाँच लाखभन्दा बढी मानिस विद्युत्, ताप सुविधा र खानेपानीको पहुँचबाट वञ्चित भएका छन्। किएभ र आसपासको क्षेत्रलाई लक्षित गरी रुसले १६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको उनले बताए। आक्रमणमा २१ वर्षीया एक महिलाको मृत्यु भएको राजधानीका अधिकारीले जनाएका छन्। पश्चिमा मुलुकहरूबाट प्राप्त गुप्तचर सूचनाले युक्रेनलाई रुसी मिसाइल आक्रमणको सामना गर्न सहयोग गर्दै आएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले किएभलाई गुप्तचर सूचना दिन बन्द नगरेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार यही धारणा दोहोर्याउँदै अघिल्लो रातको रुसी आक्रमणबारे आफूलाई जानकारी नभएको बताए। यसैबीच, अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामा लगाइएका सीमितताले युक्रेनको ड्रोन सञ्चालन प्रभावित भएको जेलेन्स्कीले बताएका छन्। अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीको अभावले पनि युक्रेनको सुरक्षा चुनौती बढाएको छ। रुसी रक्षा मन्त्रालयले युक्रेनभित्रका विभिन्न सैन्य तथा औद्योगिक लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ। ती लक्ष्यमा डाटा सेन्टर, ड्रोन तथा क्रुज मिसाइलका पार्टपुर्जा भण्डारण गर्ने केन्द्र, औद्योगिक उत्पादन केन्द्र र मिसाइल भण्डारणसँग सम्बन्धित रेल डिपो रहेको मन्त्रालयको दाबी छ। युद्ध अन्त्यका लागि युक्रेनले कूटनीतिक प्रयास जारी राखेको जेलेन्स्कीले बताएका छन्। उनका अनुसार, किएभले युद्धविरामका प्रस्तावहरूलाई सकारात्मक रूपमा लिएको छ। तर, रुसी आक्रमण र युद्ध लम्ब्याउने मस्कोको चाहनाका कारण युद्ध जारी रहेको उनको भनाइ छ। ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने उद्देश्यले अघि सारिएको पछिल्लो युद्धविराम प्रयास पनि सफल हुन सकेन। यता, युक्रेनले रुसको भित्री भू–भागसम्म प्रहार गर्न सक्ने लामो दूरीका हतियार प्रयोग गर्दै तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइरहेको छ। आइतबार युक्रेनले रुसतर्फ एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको जनाएको छ। ती आक्रमणका कारण सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात टर्मिनल र भण्डारण केन्द्रमा आगलागी भएको विवरण सार्वजनिक भएको छ। पश्चिमा विश्लेषक तथा अधिकारीहरूका अनुसार, युक्रेनलाई प्राप्त हुने विदेशी सहयोग कमजोर हुने समयसम्म पर्खेर आफ्नो सैन्य शक्तिको बलमा अघि बढ्न सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आकलन छ। युक्रेनमा भने अमेरिकी सहयोग घट्न सक्ने चिन्ता बढिरहेको छ। –रासस/एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

महिला कबड्डी कप्तानको असन्तुष्टिपछि कबड्डी सङ्घले भन्यो– पुरस्कारसम्बन्धी नियम संशोधन गरियोस्
काठमाडौँ। महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मानमति विष्टले खेलाडीलाई दिइने पुरस्कार रकम र राज्यको प्राथमिकताबारे असन्तुष्टि व्यक्त गरेपछि अखिल नेपाल कबड्डी सङ्घले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। सङ्घले खेलाडीको पुरस्कार... ...

मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई
काठमाडौं- मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठले जितेकी छन्। काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा उनले अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका नौ जना किशोरीले सहभागिता जनाएका थिए। सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा तथा उद्देश्यलाई आधार बनाएर आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणपछि विजेतासहित शीर्ष तीन प्रतिस्पर्धीको घोषणा गरिएको ...

नवरात्रमा शक्तिपीठमा भक्तजनको घुइँचो
नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । ...

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन
काठमाडौँ । बडादसैँ २०८३ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर पूजाअर्चना तथा दर्शन गर्नुभएको हो। बडादसैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा देवीको पूजा, पाठ ...


