मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठलाई

काठमाडौं- मिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि साक्रिन श्रेष्ठले जितेकी छन्। काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा उनले अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका नौ जना किशोरीले सहभागिता जनाएका थिए। सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व, प्रतिभा तथा उद्देश्यलाई आधार बनाएर आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणपछि विजेतासहित शीर्ष तीन प्रतिस्पर्धीको घोषणा गरिएको थियो। प्रतियोगितामा साक्रिन श्रेष्ठ विजेता घोषित हुँदा प्रश्वी पौडेलले फर्स्ट रनरअप र जेनी खड्काले सेकेन्ड रनरअपको उपाधि हासिल गरेका छन्। कम्बोडियामा नेपालको प्रतिनिधित्व गर्नेमिस टिन युनिभर्स नेपाल २०२६ को उपाधि जितेसँगै साकारिन श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। उनले अक्टोबर १९ देखि २६ सम्म कम्बोडियामा आयोजना हुने मिस टिन युनिभर्स २०२६ रियालिटी शोमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका किशोरी प्रतिनिधिहरूसँग प्रतिस्पर्धा गर्दै उनले नेपालको पहिचान, प्रतिभा र गौरवलाई विश्वमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। क्याप्चर फोटोग्राफी नेपालको आयोजनामा प्रतियोगितामिस टिन युनिभर्स नेपाल २०२६ को आयोजना क्याप्चर फोटोग्राफी नेपालले गरेको हो भने जाभिराले प्रतियोगितालाई पावर गरेको थियो। प्रतियोगिताको प्रमुख व्यवस्थापन टोलीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि श्रेष्ठ, राष्ट्रिय निर्देशक दर्शन गोपाली, इभेन्ट निर्देशक पबिन्द्र श्रेष्ठ तथा कोरियोग्राफर रोहन श्रेष्ठ रहेका थिए। मिस टिन युनिभर्स नेपालले किशोरीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने लक्ष्य राखेको छ। साथै, प्रतियोगितामार्फत आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रतिभा अभिवृद्धि र सामाजिक सचेतनालाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। साकारिन श्रेष्ठको जितसँगै अब उनको ध्यान कम्बोडियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ केन्द्रित हुनेछ, जहाँ उनले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रतिभा प्रस्तुत गर्नेछिन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

राजदेवी मन्दिरमा करिब १५ हजारभन्दा बढी बोका बलि दिइयो
जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको... ...

भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ
ढाका – बंगलादेशका पूर्व वायुसेना प्रमुख एयर भाइस मार्सल (सेवानिवृत्त) शेख अब्दुल हन्नान कतारमा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेका उनलाई ३ दिनअघि कतारी प्रहरीले पक्राउ गरेको बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले जनाएको छ । आयोगका सचिव सैदुर रहमान खानका अनुसार इन्टरपोलले इमेलमार्फत हन्नान पक्राउ परेको पुष्टि गरेको हो । आयोगले आईतबार […] ...

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
सुडान । दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले... ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा
लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन्। उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्। खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्... ...


