Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

रुपन्देहीमा चर्को आवाजमा डिजे, बाजा तथा ध्वनि विस्तारक यन्त्र प्रयोगमा प्रशासनको रोक

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुपन्देहीमा चर्को आवाजमा डिजे, बाजा तथा ध्वनि विस्तारक यन्त्र प्रयोगमा प्रशासनको रोक
Photo / Coverage: लुम्बिनी सञ्चार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सामाजिक तथा धार्मिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा डिजे, बाजा तथा ध्वनि विस्तारक यन्त्र प्रयोग नगर्न आग्रह गरेको छ। प्रशासनले मंगलवार एक सूचनामार्फत चर्को ध्वनिले ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा असर पार्ने तथा सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने जनाएको छ। त्यस्तै, पटाकाजन्य पदार्थको प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ। पटाका पड्काउँदा ध्वनि तथा वातावरण प्रदूषण, चोटपटक र आगलागीको जोखिम हुने भएकाले यसको प्रयोग नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनाविपरीत गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेद्वारा जारी सूचनामा आफ्ना पर्व तथा उत्सवलाई मर्यादित, सुरक्षित र वातावरणमैत्री बनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पञ्जाब विधानसभा चुनाव : बीजेपी र अकाली दल फेरि एकै ठाउँमा
Latest NewsJust now

पञ्जाब विधानसभा चुनाव : बीजेपी र अकाली दल फेरि एकै ठाउँमा

पञ्जाब । भारतको पञ्जाबमा सन् २०२७ मा हुने विधानसभा चुनाव भारतीय जनता पार्टी (बीजेपी) र शिरोमणि अकाली दल (एसएडी) ले मिलेर लड्ने निर्णय गरेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले दुई दलबिचको यस... ...

रातोपाटी
चिसापानी–राजकाँडा केबलकार एक महिनाभित्रै सञ्चालनको तयारी
Latest NewsJust now

चिसापानी–राजकाँडा केबलकार एक महिनाभित्रै सञ्चालनको तयारी

कैलालीको चिसापानीदेखि राजकाँडासम्मको ३.१ किलोमिटर केबलकार सञ्चालनपछि सुदूरपश्चिमको पर्यटन र स्थानीय अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ। ...

कान्तिपुर
टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
Latest NewsJust now

टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गल्छी गाउँपालिका –७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा मंगलबार दिएँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।  द... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement