रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको उल्लेख गर्दै असन्तुष्ट रहेका सबै पक्षलाई पनि एकताबद्ध बनाएर अघि बढ्न कांग्रेस तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने गरी पार्टी अघि बढ्ने बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए। ‘बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,’ उनले भने, ‘कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौं।’ पौडेलले पार्टीभित्र एकता कायम गर्ने प्रयास निरन्तर जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे। कांग्रेसलाई थप सुदृढ, जनताप्रति उत्तरदायी र रूपान्तरणमुखी बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। वर्तमान सरकारको स्थिरताबारे बोल्दै महामन्त्री पौडेलले सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए। कांग्रेस सरकारको स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने निरन्तर खबरदारी गर्ने स्पष्ट पारे। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले चाडपर्वले आपसी एकता, सद्भाव र सहकार्यको भावना विकास गर्ने बताएका थिए।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

आनी छोइङको नियुक्तिविरुद्ध ‘राष्ट्रिय जेन्जी नागरिक अभियान’ले माइतीघरमा विरोध सभा गर्ने
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गर्ने सरकारी निर्णयप्रति ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण... ...

सरकारी मेडिकल कलेजमा सिट बढ्यो, शनिबारदेखि प्रवेश परीक्षा
सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो पटक एमबीबीएस अध्यापनका लागि पायो ५० सिट ...

कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित चार जना पक्राउ परेका छन्। आइतबार दिउँसो करिब ३ः१५ बजे प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले भारतको रक्सोलबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरेको थियो। जाँचका क्रममा कारका चारवटै ढोकाको ...

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति
काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी क्षेत्र र फिलिपिन्समा पाइने लान्माओआ एसियाटिका... ...


