Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ

कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित चार जना पक्राउ परेका छन्। आइतबार दिउँसो करिब ३ः१५ बजे प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले भारतको रक्सोलबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरेको थियो। जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने सेतो धातु लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ। प्रहरीले उक्त धातुसहित कारमा सवार चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय चालक रमेश कुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, चालकका १७ वर्षीय छोरा र चालककी करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्। पक्राउ परेका चारै जनालाई बरामद धातु र कारसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी
ताजा खबरJust now

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् । ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै... ...

रातोपाटी
एनपीएल हेर्न १० सहरमा एक्स्ट्रिमको फ्यान जोन
ताजा खबरJust now

एनपीएल हेर्न १० सहरमा एक्स्ट्रिमको फ्यान जोन

एनपीएलका खेल फ्यान जोनमा राखिएका ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने र प्रवेश पूर्ण रूपमा निःशुल्क हुने कम्पनीले जनाएको छ । ...

कान्तिपुर
बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित, प्रशिक्षक क्यारिकमाथि दबाब
ताजा खबरJust now

बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित, प्रशिक्षक क्यारिकमाथि दबाब

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० गोलले पराजित भएको छ । आइतबार ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले कमजोर प्रदर्शन गर्दा बर्नमाउथले सहज जित निकालेको... ...

रातोपाटी
चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा
ताजा खबरJust now

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके। राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्‍याउनसमेत मुस्किल छ। कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका सदस्य महेन्द्र शाहीका अनुसार राष्ट्रिय वन क्षेत्रमा बाघ र चितुवाजस्ता ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play