Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके। राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्‍याउनसमेत मुस्किल छ। कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका सदस्य महेन्द्र शाहीका अनुसार राष्ट्रिय वन क्षेत्रमा बाघ र चितुवाजस्ता वन्यजन्तुको जोखिमका कारण किसान पशु चराउन जान डराउँछन्। सामुदायिक वनमा चरिचरण र वन प्रवेशमा लगाइएको प्रतिबन्धले पनि किसानले परम्परागत चरन क्षेत्र गुमाएका छन्। चरन क्षेत्रको अभावमा किसान घरमै घाँसखेती गर्न वा बजारबाट महँगो दाना खरिद गरेर पशुलाई खुवाउन बाध्य छन्। यसले विशेषगरी साना तथा मध्यम किसानको लागत बढाएको छ। ‘वन संरक्षणका लागि चरिचरण नियन्त्रण आवश्यक छ भने त्यसबाट प्रभावित किसानका लागि वैकल्पिक चरन र घाँसको व्यवस्था कसले गरिदिने ?’ किसान पुनले प्रश्न गरे। भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका सूचना अधिकारी भोजबहादुर रावलका अनुसार पशुपालक किसानको मेहनतले बाँके मासुमा आत्मनिर्भर बनेको छ। बाख्रापालन व्यवसाय सङ्कटमा पर्दा मासु उत्पादनमा समेत असर पर्ने उनले बताए। मानव–वन्यजन्तु द्वन्द्व घटाउन र किसानलाई राहत दिन केही क्षेत्रमा वैकल्पिक कार्यक्रम सञ्चालन गरिएको छ। मध्यवर्ती क्षेत्रका बासिन्दाले सामुदायिक वनका खाली जमिनमा घाँस रोप्ने प्रयास गरेका छन्। त्यस्तै, राप्तीसोनारी र कम्दी जैविक मार्ग क्षेत्रमा पशुधनलाई वन्यजन्तुबाट जोगाउन १९१ वटा सुरक्षित गोठ निर्माण गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
ताजा खबरJust now

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो... ...

रातोपाटी
सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला
ताजा खबरJust now

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा... ...

रातोपाटी
न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
ताजा खबरJust now

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको... ...

रातोपाटी
हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी
ताजा खबरJust now

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् । ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play